logo
२०८० चैत्र १६ शुक्रवार



अयोध्यापुरीमा बुधबार रामसीताको मूर्ति स्थापना

खुला |
समाज |
पर्यटन |


अयोध्यापुरीमा बुधबार रामसीताको मूर्ति स्थापना


 
शालिग्राम नेपाल 
माडी (चितवन) वैशाख ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले माडीको अयोध्यापुरी विकासका लागि आवश्यक बजेट सरकारले विनियोजन गर्ने प्रतिबद्धता बताउनुभएकाे छ । माडीको अयोध्यापुरीमा बुधबार रामसीताको मूर्ति स्थापना कार्यक्रममा सम्बोधन गर्दै उहाँले यहाँको विकासमा प्रधानमन्त्रीको विषेश ध्यान गएकाले धार्मिक पर्यटनका लागि काम गर्न सरकार तयार भएको जानकारी दिनुभयो । 
मन्त्री ढकालले राज्यको आफ्नो धर्म नहुने तर राज्यका नागरिकले आफ्नो इच्छा अनुसारको धर्म मान्न पाउने स्वतन्त्रता भएकाले राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्ने बताउनुभयो  । 
 
“हामीसँग रामको जन्मको पुष्टि हुने धेरै आधार छन् । सीता गुफा देवघाटमा भएको र राम नुहाउन देवघाटमा आउने गरेको तथ्य पनि छ”, मन्त्री ढकालले भन्नुभयो ।
उहाले भन्नू भयो  रामसीताको मुर्ति स्थापना गर्ने विषयलाइ लिएर केही व्यक्तिले राजनीति  कारण गर्न खोजेको देखिएको छ , यो राजनीति विषय होइन , धार्मिक सत्यताको कुरा हो । नेपालमा रामको जन्म भएको कुरापछि पुष्टि हुने छ । अब यहाँको प्रचारप्रसार र महत्त्व बढेर गएको छ ।
उहाले अहिले मूर्ति स्थापना गर्ने कार्यक्रम मात्र रहेको छ । यहाँको मूल मन्दिर निर्माण गर्ने गुरु योजनासहितको कार्यक्रमको सिलान्यास गर्न प्रधानमन्त्री स्वयम् उपस्तिथि हुने जानकारी दिनुभयो । 
 
कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले माडीको अयोध्यापुरी धार्मिक पर्यटनको महत्वले भरिएको बनाउन सरकार तयार भएको बताउनुभयो । 
कार्यक्रममा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावल, वागमती प्रदेश प्रमुख विष्णु प्रसाई, २ नम्बर प्रदेशका प्रमुख राजेश अहिराज, वागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, वागमती प्रदेशका साम्सद विजय सुवेदीलगायत सयौको उपस्तिथि रहेको थियो । 
 
चितवनको अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसहितको रथयात्रा बिहान तनहुँको देवघाटबाट माडी लगिएको थियो । 
रथयात्रालाई बिहान गलेश्वर आश्रम र सिद्धेश्वर आश्रमबाट कलशयात्रासहित बिदाइ गरिएको हो । रथयात्रालाई देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक सङ्घसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूहलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पूजाआजा गरी पठाउनुभएको रथयात्रा मंगलवार साँझ नै देवघाट आइपुगेको थियो ।
 
रथयात्रा बिदाइ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायत सहभागी हुनुभएको थियो । 
सांसद कृष्णकुमार श्रेष्ठले माडीमा भगवान् रामको जन्म भएको यो कार्यक्रमले पुष्टि गरेको भन्दै प्रधानमन्त्री ओलीको अभियानले सार्थकता पाएको बताउनुभयो ।
यात्रालले नारायाणगढ बजार परिक्रमा गरेको थियो । बाजागाजासहित माडी पुगेको थियो । कार्यक्रम अयोध्याधाम विकास समितिका सयोजक तीर्थ भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?