logo
२०८० चैत्र १६ शुक्रवार



नौ हजार निजी आवास पुनर्निर्माण 

खुला |
समाज |


नौ हजार निजी आवास पुनर्निर्माण 
फाइल फाेटाे


   
जनक श्रेष्ठ

लमजुङ, वैशाख ६ गते । गोरखा भूकम्प गएको ७ वर्ष पुग्नै लाग्दा यहाँ हालसम्म नौ हजार ९६ जनाले निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले लमजुङमा १४ हजार ६४९ जनाको निजी आवास पूर्ण क्षति पु¥याएकामध्ये उक्त सङ्ख्यामा भूकम्पपीडितको निजी आवास (घर) पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङले जनाएको छ ।    
    
जिल्लामा रहेको कूल लाभग्राहीमध्ये १४ हजार ४० जनाले पहिलो किस्ता लिएका छन् । त्यस्तै, ११ हजार ७४९ जनाले दोस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) कार्यालय लमजुङका प्रमुख सूर्यप्रसाद शर्माले बताउनुभयो । पहाडी जिल्ला लमजुङमा रहेको चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । यीमध्ये कूल लाभग्राही एक हजार ३८६ जना रहेको बेँसीशहर नगरपालिकामा एक हजार ३३७ जनाले पहिलो किस्ता लिएका छन् । त्यस्तै, एक हजार २० जनाले दोस्रो किस्ता तथा ८५० जनाले अन्तिम तथा तेस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ ।    
    
त्यस्तै दोर्दी गाउँपालिकामा कूल लाभग्राही दुई हजार २८० मध्ये दुई हजार २५६ जनाले पहिलो किस्ता लिएका छन्, भने एक हजार ८८० जनाले दोस्रो किस्ता लिएका छन् । सोमध्ये अन्तिम तथा तेस्रो किस्ता एक हजार ४७७ जनाले लिएका छन् । दूधपोखरी गाउँपालिकामा कूल लाभग्राही दुई हजार ४६८ जना रहेकामध्ये दुई हजार ३९२ जनाले पहिलो किस्ता लिएका छन् ।    
    
यसैगरी दुई हजार २०६ जनाले दोस्रो तथा एक हजार ५६४ जना भूकम्पपीडितले अन्तिम तथा तेस्रो किस्ता बुझेका छन् । क्व्होलासोथर गाउँपालिकामा कूल लाभग्राही ३४६ जना रहेकामा ३१४ जनाले पहिलो किस्ता लिएका छन् भने २०८ जनाले दोस्रो किस्ता र १५४ जनाले तेस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङको तथ्याङ्कमा उल्लेख छ । मध्यनेपाल नगरपालिकामा एक हजार ५९९ जना कूल लाभग्राहीमध्ये एक हजार ५२८ जनाले पहिलो किस्ता लिएका छन् । एक हजार १६० जनाले दोस्रो किस्ता र ९०७ जनाले अन्तिम किस्ता लिएका छन् ।    
    
मस्र्याङ्दी गाउँपालिकामा ९५४ जना कूल लाभग्राही रहेकामा ९१९ जनाले पहिलो किस्ता, ८०५ जनाले दोस्रो किस्ता र ६८१ जनाले अन्तिम किस्ता बुझेका छन् । राइनास नगरपालिकामा तीन हजार १५४ जना कूल लाभग्राहीमध्ये तीन हजार जनाले पहिलो किस्ता, दुई हजार ५७९ जनाले दोस्रो र दुई हजार ६९ जनाले अन्तिम तथा तेस्रो किस्ता बुझेका छन् ।    
    
त्यस्तै सुन्दरबजार नगरपालिकामा दुई हजार ४६२ जना कूल लाभग्राहीमध्ये दुई हजार २९४ जनाले पहिलो किस्ता बुझेका छन् । एक हजार ८९१ जनाले दोस्रो किस्ता र एक हजार ३९४ जना भूकम्पपीडितले अन्तिम तथा तेस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ ।    
    
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयका अनुसार प्रबलीकरणतर्फ जिल्लामा ८९४ मध्ये ८७ जनाले पहिलो किस्ता र दुई जनाले दोस्रो तथा अन्तिम किस्ता लिएका छन् । पहिलो किस्ताबापतको रु ५० हजार लिएर घर नबनाएका भूकम्पपीडितहरुमध्ये २२ जनाले रु ५०÷५० हजार रकम फिर्ता गरेको उक्त कार्यालयले जनाएको छ । जोखिमयुक्त बस्तीका लाभग्राही ६८ र उक्त सङ्ख्यामध्ये ३० जनाले जग्गा खरीद गरिसकेको बताइएको छ । त्यस्तै, भूमिहीन लाभग्राही २० रहेकामा आठ जनाले जग्गा खरीद गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङका प्रमुख शर्माले बताउनुभयो ।    
    
भूकम्पपश्चात् लमजुङ जिल्लामा २०७३ साल पुस १ गतेदेखि लाभग्राहीको अभिलेख व्यवस्थापनको काम साबिक जिल्ला विकास समितिले गर्दै आएको थियो । पछि २०७४ साल मङ्सिर ११ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय स्थापना भई २०७४ पुस १ गतेदेखि स्थानीय तहमा प्राविधिक परिचालन गरिएको एवं निजी आवासको अनुदान वितरण गर्ने गरी २०७५ जेठ १ गतेदेखि हालको जिल्ला आयोजना कार्यान्वयन एकाइको स्थापना भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?