logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानमा दश लडाकू मारिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा दश लडाकू मारिए
तस्विर-फाइल


काबुल, बैशाख ६ गते।
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् । पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
अफगानिस्तानको पूर्वीभागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान २ जना मारिएका छन् भने अरु छ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकू विरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।
कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ८ जना लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा आइतबार जारी वक्तव्यमा जनाइएको छ ।
जारी वक्तव्यमा लडाकू विरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकू घाइते भएका थप जानकारी दिइएको छ । सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । कान्दहर प्रान्तमा तालिबान लडाकू सक्रिय रहेका छन् तर उनीहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?