logo
२०८० चैत्र १६ शुक्रवार



पूर्व मन्त्री सुवाल रहेनन्

खुला |


पूर्व मन्त्री सुवाल रहेनन्
फाइल तस्बीर


काठमाडौँ, वैशाख ६ गते । समाजसेवी एवं पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको हुनुहुन्थ्यो ।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उहाँ लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय हुनुभयो । पञ्चायतकालमा स्नातकहरुमध्येबाट सांसद चुनिनुभएका उहाँ कुनै बेला काठमाडौँ नगरको मेयर पनि हुनुहुन्थ्यो । उहाँले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो ।
उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?