logo
२०८१ बैशाख ६ बिहीवार



कल बाईपासगरेको आरोपमा एक भारतीय सहित दुई पक्राउ

खुला |


कल बाईपासगरेको आरोपमा एक भारतीय सहित दुई  पक्राउ


गाेरखापत्र अनलाइन 

काठमाडौं, वैशाख ५ गते । प्रहरीले अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थाानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नदिई गैह्र कानुनीरुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारत पञ्जाब राज्यस्थित सन्तोकपुरा–१ बस्ने वर्ष ३१ का राना शाह र रौतहको रमौली बेरिया–६ बस्ने वर्ष ३३ का स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेका छन् । अन्सारी बंगलादेशी मुलका नेपाली नागरीकताधारी व्यक्ति हुन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बसण्डोलस्थित श्यामकृष्ण श्रेष्ठको घरमा कोठा भाडामा लिई शाहले अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गदाए ६४ पार्टको गोइप गते वय उपकरणलगायत अन्य विद्युतप्य उपकरणहरु बरामद गरेको प्रहरी उपरीक्षक महत्तोले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?