logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



पोखरामा अर्को नयाँ बन्जी जम्पको सफल परीक्षण

खुला |
पर्यटन |


पोखरामा अर्को नयाँ बन्जी जम्पको सफल परीक्षण



तारा चापागाईं
पोखरा, वैशाख ३ गते । पोखरामा अर्को नयाँ बन्जी जम्प थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको हालै सफल परीक्षण गरिएको छ ।
परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान)का संस्थापक बीउ रिटालिकले गर्नुभएको थियो । रिटालिकसँगै बन्जीको सञ्चालनको लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुग्नु भएको छ ।
लेक साइडबाट करिब तीन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यवसायिक सञ्चालनमा आउने बताइएको छ । आठ करोड २५ लाख लगानी रहेको यसमा सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपालबहादुर बराल क्षेत्री रहनुभएको छ ।
अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउलगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै समूह बनाएर बन्जीमा लगानी गरेको कम्पनीका अर्का संचालक राजु कुँवरले जानकारी दिनुभयो
“आठ जनाको लगानी छ, पोखरामा अन्य बन्जी भए पनि पोखराको लेकसाइडबाट नजिक भएकाले चल्ने सम्भावना देखेर लगानी गरेका छौँ, पोखरा आउने पर्यटक पुग्नुुहुन्छ भन्ने अनुमान गरेको छु’’ कुँवरले भन्नुभयो ।
उहाँका अनुसार लेक साइडबाट करिब तीन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यवसायिक सञ्चालनमा आएको हो । अहिले ५० प्रतिशत छुट चार हजार पाँच सयमा बन्जी गर्न पाउनेछन् । फोटो भिडियोको दुई हजार पाँच सय लाग्नेछ ।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने अध्यक्ष भट्टराईको अनुमान छ ।
बन्जीको दुई वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन् । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको उहाँको दावी छ । साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्पलगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्मबाट गराइने अध्यक्ष भट्टराई बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकाले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन् । एड्भेन्चर भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताउनुभयो ।
बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको बताउँदै भट्टराईले बन्जी परिसरमै रेस्टुरेन्टसमेत निर्माण भएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?