logo
२०८१ बैशाख ७ शुक्रवार



ब्राजिलमा चौबीस घण्टामा तीन हजार चार सयभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा चौबीस घण्टामा तीन हजार चार सयभन्दा बढीको मृत्यु
तस्विर-फाइल


साओ पाउलो, वैशाख २ गते।
ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ । प्रकोपबाट हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।
सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमणको पुष्टि भएको छ । कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेको ब्राजिली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।
ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरुमा अधिक भार परेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?