logo
२०८१ बैशाख १३ बिहीवार



प्युठान जीप दुर्घटनाका छ जना घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

खुला |


प्युठान जीप दुर्घटनाका छ जना घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो



सलिम मियाँ
बिजुवार, वैशाख १ गते । प्युठान जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । प्युठानको स्वर्गद्वारी ३ रुमालेमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी काठमाडांै लगिएको हो । गम्भिर घाईते सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गिता मुखिया, अनिश मुखिया र सन्दीप परियारलाई जिल्ला प्रशासन कार्यालय प्युठानको अगुवाइमा हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । अन्य पाँच जना घाईतेको प्युठान अस्पताल विजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली बोकेर प्युठानको स्वर्गद्वारी जाने क्रममा बुधबार दिउँसो लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?