logo
२०८० चैत्र १६ शुक्रवार



ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

खुला |


ट्याक्टरको ठक्करबाट बालकको मृत्यु


लाहान, वैशाख १ गते । सिराहाको लाहान–ठाडी सडकखण्डमा लाहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो ।

आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?