logo
२०८१ बैशाख ७ शुक्रवार



त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु

खुला |


त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु


शालिग्राम नेपाल 
चितवन, वैशाख १ गते । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको धारापानीबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

काठमाडाैँबाट नारायणगढतर्फ आउदैँ गरेको लु २ ख ५११३ नम्बरको ट्रक आफैँ अनियन्त्रित चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ३ स्थित पानीधाराबाट नदीमा खस्दा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनमा प्रहरी सहायक निरीक्षक (असइ) नरहरि अधिकारीले जानकारी दिनुभयो ।
मंगलबार राति करिब १ बजे आफैँ अनियन्त्रित भएर एकसय ५० मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ५ बस्ने ट्रक चालक वर्ष ३४ को अग्निधर पाण्डेको मृत्यु भएको असइ अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ट्रकका सह चालक नवलपरासी कावासोती बस्ने २० वर्षीय आइतमान थनेत सामान्य घाइते हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?