logo
२०८० चैत्र १६ शुक्रवार



गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा ढुङ्गेल निर्वाचित

खुला |


गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा ढुङ्गेल निर्वाचित


गोरखापत्र अनलाइन

काठमाडौं, चैत २५ गते । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा सरोज ढुङ्गेल निर्वाचित हुनुभएको छ । कुल ५४ मत रहेको गोरखापत्र शाखामा ५३ मत खसेको थियो । ढुङ्गेलले एक मत अन्तरले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्नुभयो । अध्यक्ष बाहेक सबै पदमा पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो । अध्यक्षमा ढुङ्गेल र तुलसीहरि कोइराला प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

ढुङ्गेलले २७ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी कोइरालाले २६ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत गोकर्ण अर्यालले अध्यक्ष पदमा निर्वाचित ढुङ्गेललाई विजयी घोषणा गर्दै टीका लगाएर बधाई ज्ञापन गर्नुभयो । शाखाको उपाध्यक्षमा पुरुषोत्तम खत्री, शिवामाया तामाङ (महिला), सचिवमा सविता शर्मा, सहसचिवमा अर्पणा अधिकारी, विनु श्रेष्ठ नगरकोटी (समावेशी), कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै सदस्यहरुमा विश्वास रेग्मी र अजिता रिजाल निर्वाचित हुनुभयो ।

सोहीअनुसार केन्द्रीय परिषद सदस्यमा कुमार विवेकानन्द मिश्र र राधा चालिसे निर्वाचित हुनुभयो । त्यस्तै प्रदेश परिषद सदस्यमा नारदमुनी गौतम, दीपक श्रेष्ठ, नगेन्द्र सापकोटा र सीता शर्मा निर्विरोध निर्वाचित हुनुभयो । शाखाको निर्वाचन सम्पन्न गराउन तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । निर्वाचन संयोजकमा गोकर्ण अर्याल र सदस्यमा धातृप्रसाद सुवेदी र नारायण काफ्ले हुनुहुन्थ्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?