logo
२०८१ बैशाख ७ शुक्रवार

   वार्ता निष्कर्षमा पुगेन   



फोहोर व्यवस्थापनमा समस्या

मुख्य समाचार |


फोहोर व्यवस्थापनमा समस्या


शिवा तामाङ

काठमाडौँ, चैत २० गते । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ ।
महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिनुभयो । “पटक–पटक आन्दोलन गर्दा थाकिसक्यौँ, यस पटक यो समस्यालाई सधैँका लागि अन्त्य गर्ने लक्ष्यसहित आएका छौँ, आशा छ भोलि वार्ता सहमतिमा टुङ्गिन्छ होला,” पौडेलले भन्नुभयो । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पु¥याएपछि एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ ।
विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । ल्यान्डफिल्ड साइट सङ्घर्ष समितिका संयोजक अनिश शर्मा ढुङ्गानाले महानगरपालिकासँग लिखित रूपमा सहमति नभएसम्म विरोध नरोकिने जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमु्ख सरिता राईले फोहोरको समस्या समाधानका लागिप्रभावित स्थानीयवासीसँग वार्ता जारी रहेको जानकारी दिँदै शुक्रबार हुने वार्ताले सकारात्मक नतिजा आउने आशा व्यक्त गर्नुभयो । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो ल्यान्डफिल्ड साइटमा दैनिक एक हजार दुुुई सय मेट्रिक टन फोहोर व्यवस्थापन हँुदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?