logo
२०८१ बैशाख ७ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. विक्रम संवत् २०७७ फागुनमा सम्पन्न दसौँ नेफ्टा फिल्म अवार्डस्मा लाइफटाइम अवार्ड कसलाई प्रदान गरियो ?
 प्रदीपकुमार उपाध्याय (ध्वनि इन्जिनियर) र नारायण तिमिल्सिना (प्रकाश व्यवस्थापक) ।

२. सगरमाथा शिखरको सफल आरोहण गर्ने पहिलो पत्रकार महिला को हुन् ?
 कल्पना महर्जन (ललितपुर) ।

(वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी । उनलाई २०७७ चैत ४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको ।)

३. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले सम्पन्न भयो ?
 विसं २०७७ चैत ९ र १० ।

४. नेपाल सरकारको महान्यायाधिवक्ता कसलाई नियुक्त (२०७७ चैत ६) गरियो ?
 रमेश बडाल ।

५. तान्जानियामा पहिलोपटक महिला राष्ट्रपतिका रूपमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ?
 सामिया सुलुह हसन (सन् २०२१ मार्च) ।
(तान्जानियाका राष्ट्रपति जोन मुगुफुलीको निधन (सन् २०२१ मार्च १७) भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बनेकी । संविधानअन्तर्गत हसनले मुगुफुलीको दोस्रो चरणको बाँकी अवधिमा काम गर्ने । सो अवधि सन् २०२५ सम्म हुनेछ ।)

६. संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने विभेद उन्मूलन (सिड)को सदस्यमा निर्वाचित नेपाली नारी को हुन् ?
 वन्दना राणा (सन् २०२० नोभेम्बर ९) ।
– हाल समितिको उपाध्यक्ष रहेकी राणा उक्त समितिमा दोस्रोपटक निर्वाचित भएकी ।
– राणा सन् २०२१–२०२४ सम्मको कार्यकालका लागि चयन भएकी ।
– यो समिति संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्च आयोगको मातहतमा रहेको ।

७. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?
 उत्तर अमेरिका ।

८. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको छ ?
 विसं २०७३ असार १० ।
(भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाता–हल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको व्यवसायीहरूको भनाइ छ ।)

९. कुवेरको बगैँचालाई के भनिन्छ ?
 चैत्ररथ ।

१०. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?
 राजवंशी ।

११. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?
 शिवपुरी ।

१२. नेपाली नोटमा साबिकमा छापिँदै आएको राजाको फोटो र श्रीपेचको सट्टा हाल के छाप्ने गरिन्छ ?
 सगरमाथा ।
१३. मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?
 नारायणी ।
१४. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?
 सैलुङ (दोलखा) ।

१५. नेपालको तराई, भावर, दुन, भित्री मधेस टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
 उष्ण मनसुनी हावापानी ।

१६. द्वितीय चरणको रूसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
 बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति ।

१७. नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने स्वीट्जरल्यान्डका बासिन्दालाई के भनिन्छ ?
 स्वीस ।

१८. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
 गुणकाम देव ।

१९. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
 राजा त्रिभुवन ।

२०. राजमाता वसन्तावतीले कुन नदीकिनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?
 चेपेनदी ।

२१. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?
 आर्य सभ्यता ।

२२. “यदि तपार्इं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस्” भन्ने विचारक को हुन् ?
 कन्फ्युसियस ।


२३. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?
 खाम्ची ।

२४. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीनकालमा के भनी चिनिन्थ्यो ?
 विदेह ।

२५. नेपालमा एफएम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो ?
 विसं २०५२ ।

२६. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?
 अल्जेरिया ।
(यसअघि सुडान थियो ।)

२७. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
 बुचो ।

२८. प्रसिद्ध खेलाडी मोहम्मद अली कुन खेलसँग सम्वन्धित छन् ?
 बक्सिङ ।
(विश्वमा महान् बक्सिङ खेलाडीको पहिचान बनाउन सफल अलीको ७४ वर्षको उमेरमा सन् २०१६ जुन ४ मा निधन भएको ।)

२९. गङ्गा–जमुना कुण्ड धादिङ जिल्लामा पर्छ भने गोसाइँकुण्ड कहाँ पर्छ ?
 रसुवा ।


प्रस्तुतकर्ता :टंक के.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?