logo
२०८१ बैशाख ११ मंगलवार

महाशिवरात्रि मनाउन पशुपति आइपुगे साधु शन्त (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-03-10-33465
तस्बिरः बिकास द्वारे


यलु जाेशी 

काठमाडौं, फागुन २६ गते । महाशिवरात्रीका विभिन्न विशेषतामध्ये साधुशन्त पनि एक हुन् । विशेषगरी काठमाडौंको पशुपतिनाथमा मुलुकभित्रबाट मात्र नभई भारतलगायतका देशबाट आउने साधुसन्तहरुको संख्या पनि उल्लेख्य हुने गरेको छ । यस वर्ष पशुपति विकास कोषबाट साधुसन्तलाई औपचारिक निमन्त्रण नगरेपछि पशुपतिमा आउने बाबाजीहरु कमी भएको छ ।

विभिन्न रुपरंगमा पशुपति क्षेत्रमा पुग्ने साधुहरुको चर्तिकला पनि कम रोचक हुँदैन विहान मन्दिर दर्शन गर्न आउनुभएको निश्चल काफ्लेले भन्नुभयो, म त बाबाजीलाई नै हेर्न पशुपति आएको हुँ । मैले पोट्रेट आर्टहरु गर्छु एउटा कलाकारले अर्को कलाकारले हेर्न आएको हो । उहाँले भोलि धेरै भीड हुने भएको कारण आज नै बाबा जीहरुलाई आएको जानकारी दिनभयो ।

यसपालीको बाबाजीहरु पहिलेको जस्तो नदेखिएको गुनासो ब्यक्त गदै थप्नुभयो, फोटो खिच्न लाग्यो कि गाली गर्छन कि पैसा माग्छन् । सँगै आएर पैसा नदिएसम्म छोड्दैनन् । बिहिवार महाशिवरात्री परेकोले विभिन्न ठाउँबाट साधुसन्तहरुको आगमन हुने गरेको पाइन्छ । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा सेवन, भाङलगायत नसालु पदार्थ सेवन, विक्री वितरणमा रोक लगाइएको छ ।

यसप्रति बाबाहरुले असन्तुष्टि जनाएका छन् । विहारदेखि आउनुभएको बाबाजी पहिलेको दाँजोमा साधुसन्त धेरै कम भएको जानकारी दिदै भन्नुभयो, पहिले साथीहरु मिलेर ५०/६० को सँख्यामा आउने गरेको थियो अहिले १० जना मात्र आएका छौं । शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तीर्थालु भक्तजनसँगै बाबाजीहरुको पनि उत्तिकै घुइँचो लाग्ने गरेको पाइन्छ तर यसपाली कोरोना महामारीको कारण पनि साधुसन्तको सख्या कम भएको पशुपति विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिनुभयो ।

साधुहरूकाे पशुपति भित्रिएसँगै त्यस क्षेत्रमा अहिलेदेखि नै भीड सुरु हुन थालेको छ । उनीहरुले मनग्य आम्दानीसमेत गर्ने गरेका छन् । केहि साधुहरू आगन्तुकसँग फोटो खिचेवापट पैसा मागिरहेका थिया भने कतिपय बाबाजीले आगन्तुकलाई गाँजालगायतका पदार्थ खान पनि दिइरहेको थियो । अघिल्ला वर्षहरुमा भन्दा यसपटक पशुपति क्षेत्रमा साधुहरुको संख्यामा कमी आएको स्थानीयको अनुमान छ । 

शिवरात्रीका लागि पशुपतिनाथको मन्दिर सजाइएको छ भने यस वर्षको महाशिवरात्रिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । बिहान ४.00 बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने पशुपति विकास कोषले जनाएको छ । मास्कविना भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।