logo
२०८१ बैशाख १२ बुधवार



मोटरसाइकल ठक्करबाट एकको मृत्यु

खुला |


मोटरसाइकल ठक्करबाट एकको मृत्यु


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २३ गते । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना महन्थको आइतबार मृत्यु भएको छ । मोटरसाइकल ठक्करबाट घाइते रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर ९ घरहरी घर भई ईटवाल स्थित राम मन्दिरका महन्थ ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
लोकराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलले गत शुक्रबार बाटो काट्ने क्रममा महन्थलाई ठक्कर दिँदा घाइते भएका थिए । घाइते अवस्थामा तत्काल युनिक अस्पताल रुपनीतर्फ पठाइएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराटनगरस्थित बिराट नर्सिङ अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका ६ बस्ने ३० वर्षीय मोहमद रमजानीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?