logo
२०८० चैत्र १५ बिहीवार



जीप दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

प्रदेश |


जीप दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो


लोकेन्द्र जोशी
दार्चुला, फागुन २२ गते । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३८ वर्षीय जीप चालक करन नाथ, शैल्यशिखर नगरपालिका–८ का गाडीधनी ४० वर्षीय पदम राज पन्त र सोहि ठाउँका ७० वर्षीया सुनादेबी पन्त रहेका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने गाडी धनी पदम पन्तको गोकुलेश्वर अस्पताल लैजादै गर्दा मृत्यु भएको छ ।
गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ब ३ च १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुदा चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीपमा सवार अरु चार जना घाइते रहेको स्थानीय हरि जोशीले बताउनुभयो । घाइतेहुनेहरुमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिपल्ल्ब पन्त, ७० वर्षीया गंगा देबी पन्त, १२ वर्षीय मुकेस पन्त र ७ वर्षीय बसन्त पन्त रहेका छन् ।
दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको रहेको प्रहरीले जनाएको छ । सडकबाट एक सय मिटर तल खसेको जीपमा पनि क्षती भएको छ । दुर्घटनापछि पन्त परिवार शोकमा डुबेको छ । स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको छ ।

 
यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?