logo
२०८० चैत्र १५ बिहीवार



हामीसँग हातहतियार छैनः नेता बास्तोला

राष्ट्रिय |


हामीसँग हातहतियार छैनः  नेता बास्तोला


गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २२ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) का नेता धर्मेन्द्र बास्तोलाले आफूहरुसँग हातहतियार नरहेको बताउनुभएको छ । सरकारसँग तीन बुँदे सहमति गरी विहिबार औपचारिक रुपले सार्वजनिक भएका दलका नेता बास्तोलाले त्यस्तो दावी गर्नुभयो ।

शनिबार एक साक्षात्कार कार्यक्रममा यहाँ नेता बास्तोलाले त्यस्तो बताउनुभयो । सरकारसँग आफ्नो दलको सहमति भएकाले अग्रगामी हिसावले अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिलेकै राजनीतिक व्यवस्थालाई वैज्ञानिक बनाई अगाडि बढिने उहाँले बताउनुभयो ।

आफूहरुले वैज्ञानिक समाजवादको पक्षमा रहेको भएपनि अहिलेकै व्यवस्थालाई सुधार गर्दै त्यहाँसम्म पुग्न सकिने उहाँले बताउनुभयो । देशमा राजनीतिक तथा आर्थिक परिवर्तन भएमा देश र जनता दुवैलाई फाइदा हुने भएर आफूहरु शान्ति प्रक्रियामा आएको नेता बास्तोलाले बताउनुभयो ।

लोकतान्त्रिक प्रक्रियाअनुसार राजनीतिक मूलधारमा आएरै देश र जनताको पक्षमा काम गर्न सकिने उद्देश्यसाथ आफूहरु शान्ति प्रक्रियामा आएको बताउनुभयो । शान्तिप्रक्रियामा आएपनि नेकपाले हातहतियार बुझाउने सहमति नगरेकोभन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेकाबेला नेता बास्तोलाले आफूहरुसँग हतियार नभएको प्रष्ट पार्नुभयो ।

“कुनै एउटा व्यक्ति धनी भएर देश धनी हुन सक्दैन, सबै नेपाली धनी भएमात्र देश धनी हुन्छ हामी त्यही सुधारको पक्षमा छौं” नेता बास्तोलाले भन्नुभयो, “हामी चाहन्छौं हाम्रो देश बलियो होस्, जनता बलिया हुन् ।” आफू कारागासमा रहँदासम्म सरकारले सम्मानपूर्वक व्यवहार गरेको चर्चा गर्नुहुँदै नेता बास्तोलाले जेलभित्र रहेका पार्टीका अन्य नेता कार्यकर्ताहरु पनि सहमतिअनुसार प्रक्रिया पुर्याएर काराबासमुक्त हुने विश्वास व्यक्त गर्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?