logo
२०८० चैत्र १५ बिहीवार



हुम्लाको यारी र हिल्सा सोलार मिनी ग्रीडका लागि निर्माण कम्पनी छनाेट

फिचर |
पढ्नै पर्ने |


हुम्लाको यारी र हिल्सा सोलार मिनी ग्रीडका लागि निर्माण कम्पनी छनाेट


राजन रावत
हुम्ला, फागुन १४ गते । नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र हिल्सामा सोलार मिनी ग्रीड निर्माणका लागि तेस्रो पटकको विज्ञापन पछि बोलकबोल अनुसार न्यूनतम बोलकबोल गर्ने दुई वटा निर्माण कम्पनी छनाेट भएका छन् ।

यसअघि दुई पटक सूचना गर्दा सोलार मिनी ग्रीडका लागि विनियोजित बजेट भन्दा बढी बोलकबोल हुँदा सूचना रद्ध हुँदा निर्माणकार्य लम्बिएको थियो । तेस्रो पटकको सूचनापछि न्यूनतम बजेट दावी गर्ने दुई वटा कम्पनी छनौट भएको ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार बीरेन्द्र थापाले जानकारी दिनुभयो । जसमा सूर्योदय उर्जा प्रालि काठमाडौँ र हिम इलेक्टेनिक्स प्रालि, काठमाडौँ छनाेट भएका छन् ।

हिल्सामा १०१ घरधुरीका लागि एक सय किलोवाटको सोलार मिनी ग्रीड बन्नेछ भने यारीका लागि पचास किलोवाटको मिनी ग्रीड निर्माण हुनेछ । यसका लागि यारीका लागि दुई करोड साठी लाख ५८ हजार र हिल्साका लागि तीन करोड ७९ लाख ४८ हजारमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गर्ने भएको छ । दुबै बस्तीमा उज्यालोका साथै अन्य विद्युतीय उपकरण पनि सञ्चालनमा आउनेछन् । अर्को यारीका तोली मिल स्थापना हुनेछ भने हिल्साका लागि भुई चुकको जुस बनाउने मेशिन स्थापना गरिने छ ।

छनाेट भएका निर्माण कम्पनीले आगामी असार मसान्तसम्म सोलार मिनी ग्रीड जडान गरेर विद्युत आपुर्ती गर्ने जनाएका छन् । हाल दुबै बस्तीका स्थानीय सोलार टुक्कीबाट बत्ती बाल्दै आएका छन् । अब निर्माण कम्पनीसँग सम्झौता पश्चात तत्काल सामाग्री खरिद प्रकृया अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?