logo
२०८० चैत्र १६ शुक्रवार



विश्व टेष्ट च्याम्पियनशीपको होडबाट इंग्ल्याण्ड बाहिरियो

खेलकुद |


विश्व टेष्ट च्याम्पियनशीपको होडबाट इंग्ल्याण्ड बाहिरियो
तस्विर-आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १४ गते । इंग्ल्याण्ड क्रिकेट टोलि विश्व टेष्ट च्याम्पियनशीपको होडबाट बाहिरिएको छ । भारत विरुद्धको तेस्रो टेष्ट खेलमा हारसँगै आगामी जुनमा हुने टेष्ट च्याम्पियनशीपको फाइनलको होडबाट ऊ बाहिरिएको हो ।
च्याम्पियनशीपको फाइनलमा स्थान सुरक्षित गर्न भारतसँग अझै दुई विकल्प बाँकी छ । चौथो तथा अन्तिम टेष्ट खेल जित्नुपर्ने वा बराबरी गरे भारतले आगामी जुन महिनामा हुने टेष्ट च्याम्पियनशीपको फाइनलमा न्युजिल्याण्डसँगको भेट सुनिश्चित गर्नेछ । चौथो तथा अन्तिम टेष्ट खेलमा हार बेहोरे भारतसमेत च्याम्पियनशीपबाट बाहिरिनेछ । र हाल टेष्ट वरियतामा तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले न्युजिल्याण्डसँगको भेट सुनिश्चित गर्नेछ । चौथो तथा अन्तिम टेष्ट खेल अहमदाबादमै चार मार्चदेखि सुरु हुनेछ ।
टेष्ट वरियतामा भारत हाल शीर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानमा न्युजिल्याण्ड छ । न्युजिल्याण्डले यसअघि नै टेष्ट च्याम्पियनशीपको फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?