logo
२०८१ बैशाख ६ बिहीवार



‘कृषिमा प्रविधीकरण जरूरी’

अर्थ |


‘कृषिमा प्रविधीकरण जरूरी’



लमजुङ समाचारदाता

लमजुङ, फागुन १४ गते । कृषि तथा पशुपन्छी मन्त्री पद्माकुमारी अर्यालले इजरायली प्रविधिलाई गाउँ–गाउँमा पु¥याइने बताउनुभएको छ । इजरायली सरकारसँगको प्राविधिक साझेदारीबाट गाउँ–गाउँमा आधुनिक कृषि प्रविधि भिœयाइने बताउनुभयो ।
इजरायली राजदूत खनान गोडेरसँग लमजुङ आउनुभएका मन्त्री अर्यालले सुरुमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउने र उक्त प्रविधिलाई गाउँ–गाउँ भिœयाउने बताउनुभएको हो । सातै प्रदेशमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागिएको बताउनुभयो ।
उहाँका अनुसार कृषि मन्त्रालयले चालू आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागिएको छ । “इजरायली प्रविधिलाई नेपाल भिœयाउन नेपाल र इजरायल सरकारले छुट्टाछुट्टै स्टेरिङ कमिटी बनाइसकेको छ । अब कृषिमा यान्त्रीकरण गरी सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई सफल बनाउँछौँ । ” उहाँले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष बनाइने र तालिमका लागि प्राविधिकहरू इजरायलबाट आउने बताउनुभयो ।
लमजुङको बेँसीसहर नगरपालिका–२, बगालेगाउँस्थित नेपाली सेनाको निर्माणाधीन व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्नुहुँदै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाली सेनाको कल्याणकारी कोषले ‘मोडल’ परियोजनाका रूपमा सुरु गरेको तालिम केन्द्रले अहिले सैनिक परिवारका २० जना युवालाई छानेर पढाइरहेको छ ।
बीएससीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३६७ रोपनी क्षेत्रफलमा फैलिएको नेपाली सेनाको लमजुङस्थित श्रीजङ्ग गणका प्रमुख सेनानी जयराम थापाले बताउनुभयो । उहाँका अनुसार सेवा निवृत्त सैनिक, उनीहरूका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्यका साथ स्थापना गरिएको तालिम केन्द्रमा पनि इजरायली प्रविधि भिœयाइने छ ।
नेपालका लागि इजरायली राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायलले अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्न थालेको बताउनुभयो ।
कृषि मन्त्री अर्याल, इजरायली राजूदत गोडेर, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मालगायतले बिहीबार लमजुङको सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर जल्केनीफाँटमा आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडद्वारा सञ्चालित एकीकृत कृषि बस्तीको निरीक्षण गर्नुभएको छ । जल्केनीफाँटमा इजरायलमा कृषि विज्ञान अध्ययन गरेर फर्किएका युवाले एकीकृत कृषि बस्ती बसालेका छन् ।
इजरायलको मरुभूमिमा तरकारी र फलफूल फलाउने प्रविधि पढेर आएका ६८ जना युवासहित १३२ जनाले एकीकृत कृषि फार्म सञ्चालन गरेका आराभाका संस्थापक अध्यक्ष विनोद घिमिले बताउनुभयो । उहाँका अनुसार करिब ३०० रोपनीमा विभिन्न तरकारी तथा फलफूलका साथै पशुपालन गरेका छन् ।
तीन वर्षको अवधिमा १८ करोड लगानी गरेको युवाले पञ्चवर्षीय योजनाअनुसार अबको दुई वर्षसम्म उक्त फार्ममा ३२ करोड लगानी गर्ने बताएका छन् । एक युवाले एकीकृत फार्म सञ्चालन गर्न पाँच लाखदेखि १५ लाख रुपियाँसम्म सेयर लगानी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?