logo
२०८१ बैशाख ८ शनिवार



रोकिएन डिजे बाजा, मैथिलीमा गाइने बिबाह गीत लोप हुँदै

फिचर |
प्रदेश |


रोकिएन  डिजे बाजा, मैथिलीमा गाइने बिबाह गीत लोप हुँदै
तस्विरः जिवछ यादव


जिवछ यादव
लहान,फागुन १३ गते । मंसिर, फागुन, बैशाख र असार महिनालाई बिबाह लगन महिनाको रुपमा लिने गरिन्छ । सबैभन्दा उपयुक्त मानिएको फागुनमा सबभन्दा बढी बिवाह हुने गरेको छ । दाइजोसँगै तडकभडक र चर्को आवाजमा बजाउने डिजे बाजा बजाउने फैसन नै भएको छ । डिजेको चर्को आवाज स्वास्थ्य र वातावरणमा नाकारात्मक असर परिरहेकोले यसलाई बन्द गर्नुपर्ने आवाज उठन थालेको छ ।

भारतका विहारबाट भित्रिएको डिजे विकृतिले अब हदै नाघ्यो । यसको नियन्त्रण हुन आवश्यक रहेको लेखनाथ मावि लहान २४ का प्रधानाध्यापक राम विलक्षण महतोको बुझाई रहेको छ । उहाँ भन्नुहुन्छ,‘बिवाहमा भइरहेको तडकभडक, अनावश्यक खर्च त बढ्दो छ नै त्यसमा डिजेमा चर्को स्वरमा बजाउने अश्लील गीतले नराम्रो प्रभाव पारेको छ ।

के गाँउ के सहर चारैतिर बन्द हुनुपर्ने हावाज उठेपनि यसको नियणत्रण हुन सकेको छैन । सामाजिक, धार्मिक र सांस्कृतिक रुपमा देखिएको नाकारात्क असरले स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त छैन ।’बिबाहलाई सामाजिक प्रतिष्ठा र हैसियत देखाउन तकडकभडक गर्न मरबा टेण्ट सजाउन दसलाखभन्दा बढी गरिने खर्चलाई नरोक्ने हो भने धनी सम्पन्न व्यक्तिले गर्ने खर्चको देखासिखी गरेर गरीवा विपन्नहरुलाई खर्च गर्नैपर्ने अवस्थामा डिजे बाजाको खर्च थप तानव हुने गरेको महिला मानव अधिकारवादी रेणु कर्णको बुझाई रहेको छ ।

लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवको अनुसार चर्को आवाजमा बजाइने डिजेले ध्वनिप्रदुषण भई मुटु र तनाव जस्ता मानसिक स्वास्थ्य समस्या उत्पन्न हुन्छ । यस विकृतिलाई भारतको विहार उत्तरप्रदेशका सरकारले प्रतिवन्ध लगाई सकेको अवस्थामा तराई मधेशका जिल्लाहरुमा समेत डिजेबाजा रोक्नु आवश्यक देखिन्छ ।

खास गरेर मैथिली भाषा बोल्ने मिथिला क्षेत्रमा बिबाहको लागि गाइने बिबाह गीत, लोक संस्कृतिको गीत डिजे बाजा आएपछि लोप हुन पुगेको नागरिक समाजका अगुवा तथा मानव अधिकारवादी राजकुमार राउतले भन्दै अश्लिल डिजे गीतले महिला हिंसा र बलात्कारका घट्नाहरुमा समेत बृद्धि भइरहेको तर्फ सचेत गराउनुभयो ।

पहिलेदेखि नै चलिआएको परम्परा अनुसार बिबाहको एकदिन पहिले हुने कुमरौन (मटकोर)को राती जलाजय र पोखरीसम्म जान गाँउ र सहर परिक्रमा गर्ने क्रममा घण्टौ अबेररातीसम्म चर्को स्वरमा डिजे बजाएर गर्ने नाच गानले त झनै हैरान पारेर रातभरीसम्म सुत्न सम्ेत समस्या भइरहेको लहान–४ का राम नारायण साहको गुनासो रहेको छ ।

मिथिला क्षेत्रमा राम सीताको बिवाहमा अयोध्या र जनकपूरको वर्णन लोकाचारी व्यवहार मधुर सुन्दर बिबाह गीत र पवित्र आचरण सामाजिक मार्यादा अनुशासित व्यवहार बिबाह संस्कृतिका अमूल्य निधिहरु लेप हुनु र डिजेले भित्रयाएको विकृतिले छाडा संस्कृति भित्रिनुले ठूलो विकृति भित्तिएको पुरोहित अखलेश मिश्रले भन्नुहुँदै डिजे अबिलम्ब बन्द हुनुपर्ने तर्क गर्नुभयो ।

ध्वनि प्रदुषणले मानवीय स्वास्थ्य र सामाजिक वातावरणमा पारेको नाकारात्मक अभ्यास रोक्न प्रहरी प्रशासन र स्थानीय सरकारसँग पटक पटक विगतका वर्षहरुमा कैयन पटक लिखित मौखिक सम्झौता भएपनि प्रहरी कार्यालयकै अगाडिबाट नै चर्को स्वरमा डिजे बजाएर जाने आउने गर्दापनि प्रहरी प्रशासन मौन हुनुले चिन्तित बनाएको प्रध्यापक तथा अधिकारकर्मी भैरव प्रसाद गेलालको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?