logo
२०८० चैत्र १६ शुक्रवार



११२ सङ्क्रमित थपिए, ८४ कोरोनामुक्त

स्वास्थ्य |


११२ सङ्क्रमित थपिए, ८४ कोरोनामुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ४११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८४ जना सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।
मन्त्रालयले हाल ८८२ जना बिरामीमा कोभिड १९ को सङ्क्रमण सक्रिय रहेको जनाएको छ । बुधबार भने एक हजार ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको थियो ।
मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?