logo
२०८१ बैशाख ७ शुक्रवार



कुहिएको अवस्थामा महिलाको शव फेला

खुला |


कुहिएको अवस्थामा महिलाको शव फेला
सांकेतिक तस्बिर


लहान, फागुन १३ गते । सिारहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करिब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लाहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?