logo
२०८१ बैशाख ७ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ को मङ्सिर महिनासम्म इन्टरनेटको पहुँच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?
 ८१ प्रतिशत ।
– तथ्याङ्कअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५९.६७ प्रतिशत रहेको । गत आवको सोही अवधिमा फिक्स ब्रोडब्यान्डको पहुँच १५.५३ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५६.४२ प्रतिशत रहेको थियो ।
– आव २०७७÷७८ सम्मको मङ्सिरसम्ममा पौने ४ करोड भ्वाइस टेलिफोन लाइन वितरण भएको ।
– नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार ७ लाख ३५ हजार ६ सय ९१ फिक्स टेलिफोन सेवा वितरण भएको । त्यस्तै, ३ करोड ८१ लाख १७ हजार ७ सय ३५ मोबाइल लाइन वितरण भएको ।
– तथ्याङ्कअनुसार ३ करोड ६४ लाख २७ हजार ५ सय ३९ जिएसएम लाइन वितरण भएको । सिडिएमए १६ लाख ९० हजार १ सय ९६ लाइन वितरण भएको ।
– नेपालमा फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ पुगेका । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार ७ सय ७२ र एनसेलका फोरजी प्रयोगकर्ता ४१ लाख ५३ हजार १ सय ९० पुगेका । त्यस्तै, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख ११ हजार ३ सय ५४ रहेका ।

२. धुलिखेल नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कहिले गरिएको हो ?
 विसं २०७७ फागुन ५
– (नगरको ३५औँ स्थापना दिवसको अवसरमा जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको ।)

३. नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?
 हितेन्द्रदेव शाक्य ।
– शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको ।
– शाक्यले २०७७ फागुन २ मा प्राधिकरणको १७औँ कार्यकारी निर्देशकका रूपमा पदबहाली गरेका ।
– शाक्यले चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पु¥याउने घोषणा गरेका । अहिले नेपालको प्रतिव्यक्ति विद्युत्् खपतदर २६७ युनिट रहेको ।

४. नगर विकास कोषले आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट नगरपालिका कुनलाई घोषित (२०७७ फागुन) गरेको छ ?
 सर्लाहीको लालबन्दी नगरपालिका ।
– (देशभरिका नगरपालिकाको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषले सो
घोषणा गरेको ।)

५. विश्व व्यापार सङ्गठन (डब्लुटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
 एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।
– डब्लुटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी
पनि हुनुहुन्छ ।
– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुहुनेछ र उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
– सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुनुभएको ।
– एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन ।
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनमा निकै सङ्कटबाट गुज्रिनुपरेको डब्लुटीओलाई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक सङ्कटबाट मुलुकलाई राहत प्रदान गर्न डब्लुटीओको काँधमा ठूलो जिम्मेवारी रहेको ।

६. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) कसलाई प्रदान गरियो ?
 टपेन्द्र कार्की (नागरिक दैनिक) र सुशील पन्त
(लोकान्तर डटकम) ।
– (एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गरिएको ।)

७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषणा ग¥यो ?
 पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ ।
– २०७७ फागुन ८ मा आयोजित १५औँ एनएनआईपीए स्पोर्टस् अवार्डमा गौरिका महिलातर्फ र मन्डेकाजी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका ।
– पुसमा सम्पन्न पल्सर स्पोर्टस् अवार्डमा पनि यी दुवै खेलाडी वर्षका उत्कृष्ट खेलाडी बनेका ।
– यसपटकबाट थप भएको राइजिङ प्लेयर अफ द इयर अवार्ड विधामा पुरुषतर्फ गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी सङ्गीता धामी चयन भएका ।
– त्यस्तै, प्रतिभावान खेलाडी अवार्ड पुरुषतर्फ फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरेका । नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकवर शाह सम्मानित भएका ।
– त्यस्तै, पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले जितेका । एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भएका ।

८. विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल नेपालका चार स्वास्थ्यकर्मी को–को हुन् ?
 नर्स दुर्गा सापकोटा, सुष्मा योञ्जन एवम् मिडवाइफ प्रशंसा बुढा लामा र रुक्मणी त्रिपाठी ।
– (नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य सङ्गठन, युएनएफपीए एवम् अन्तर्राष्ट्रिय मिडवाइफ सङ्घद्वारा संयुक्त रूपमा सो सूची
प्रकाशित गरिएको ।)

९. मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश २ प्रमुखमा कसलाई नियुक्त (विसं २०७७ फागुन ७ गरियो ?
 डा. राजेश झा (अहिराज) ।

१०. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
 म्यारिक लुकास रिज्नेभेल्ड ।

११. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
 पेरिस (फ्रान्स) ।

१२. विश्वको पहिलो बोल्ने रोबोट किरोवो हो भने नागरिकता प्राप्त गर्ने पहिलो रोबोट कुन हो ?
 सोफिया ।

१३. विश्व खुसी सूचकाङ्क २०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 ९२औँ (अङ्क ५.१३७) ।
– सस्टेनेबल सोलुसन नेटवर्कद्वारा सार्वजनिक सो सूचीअनुसार विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड (७.०८
अङ्क) परेको ।
– त्यस्तै, सबैभन्दा कम खुसी देशमा अफगानिस्तान (२.५६७ अङ्क) रहन पुगेको ।
– सबैभन्दा खुसी पहिलो पाँच राष्ट्रहरूमा क्रमशः फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका ।
– सबैभन्दा कम खुसी पछिल्ला पाँच राष्ट्रहरूमा सेन्ट्रल अफ्रिकन रिपब्लिक (१४८औँ), रुवान्डा (१४९औँ), जिम्बावे (१५०औँ), दक्षिण सुडान (१५१औँ), अफगानिस्तान
(१५२औँ) रहेका ।
– सार्क राष्ट्रहरूमा पाकिस्तान ६६औँ, माल्दिभ्स ८७औँ, नेपाल ९२औँ, बङ्गलादेश १०७औँ, श्रीलङ्का १३०औँ, भारत १४४औँ र अफगानिस्तान १३५औँ स्थानमा रहेका । सो अध्ययनमा भुटान समावेश नभएको ।

१४. मिसोफोनिया भन्नाले के बुझिन्छ ?
 विभिन्नप्रकारका ध्वनि सुनेर हुने असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ) ।

१५. नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ?
 विसं २०७० साउन ३ ।
– (कमैया मुक्त घोषणा विसं २०५७ साउन २ र हलियाप्रथा मुक्त घोषणा २०६५ भदौ २१ मा गरिएको ।)

१६. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?
 प्रताप मल्ल ।

१७. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?
 विसंं २०७१ पुस ४ ।

१८. राष्ट्रिय बीमा संस्थानले व्यावसायिक कारोबारको थालनी कहिलेदेखि गरेको हो ?
 विसं २०२४ फागुन ११ ।
– (पाँच दशकअघि स्थापित भई बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय बीमा संस्थान विसं २०७७ फागुन ११ देखि ५४औँ वर्षमा प्रवेश गरेको ।)

१९. सार्कद्वारा घोषित अन्तरक्षेत्रीय सम्पर्क दशकको अवधि कुन हो ?
 सन् २०१०–२०२० ।

२०. शिक्षा क्षेत्रका दधिची भनेर कसलाई चिनिन्छ ?
 शङ्करदेव पन्त ।

२१. साइलेन्ट स्पिङ नामक वातावरणसँग सम्बन्धित पुस्तकका लेखक को हुन् ?
 राचेल कारसन ।

२२. नेपालका कुन सहिदलाई ‘सहिद माइला’ उपनामले चिनिन्छ ?
 दशरथ चन्द ।

२३. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?
 सन् २०१८ जनवरी २६ ।
– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको
स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।

२४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?
 विसं २०७६ फागुन ८ ।

२५. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
 काभ्रे ।
– जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।
– गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।
– बौद्ध धर्मावलम्बीले कार्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँलापर्व एवम् हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थी जुट्ने गर्छन् ।

२६. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?
 १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता
र पलेम्बाङ)
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?