logo
२०७७ फाल्गुन १९ बुधवार

कोइलाखानीमा पुरिएर दाङमा मजदुरको मृत्यु

खुला |


2021-02-23-32562


टीकाबहादुर बस्नेत
दाङ, फागुन ११ गते । कोइलाखानीमा पुरिएर दाङमा मजदुरको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही वडाको तिरसाङ बस्ने ४५ वर्षीय मोहनलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोमबार दिउँसो कोइला निकाल्ने क्रममा खानीभित्र पुरिएर बिकको मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । यसैबीच मृतकका परिवारले क्षतिपूर्तिस्वरुप रु १० लाख पाउने भएका छन् । वडानम्वर १९ का वडा सदस्य जंग रोकामगरका अनुसार वीमाबाफत् रु ५ लाख र राहातस्वरुप रु ५ लाख गरी रु १० लाख क्षेतिपूर्ति पाउने गरी कम्पनीसँग सम्झौता भएको वडा सदस्य रोकामगरले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance