logo
२०८० चैत्र १६ शुक्रवार



आमाद्वारा एक वर्षीया छोरीको हत्या

खुला |


आमाद्वारा एक वर्षीया छोरीको हत्या


लक्ष्मण पौडेल
भैरहवा, फागुन ११ गते । रुपन्देहीमा आफ्नै आमाले एक वर्षीया छोरीको हत्या गरेकी छन् । छोरीको हत्या गरी आफूले आत्महत्या प्रयास गर्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित हरहरवामा आफ्नै कोठाको पंखामा एक वर्षिय बालिकाको घाँटीमा डोरी बाँधेर हत्या गर्ने र आफुले समेत डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरेकी २१ वर्षिया प्रेमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
आत्महत्या गर्ने प्रयास गरेकी प्रेमाको नन्दले देखेपछि डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिनुभयो ।
डीएसपी थापाका अनुसार बालिकालाई आफन्तहरुले नजिकैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी परिचालित भइ खोज्ने क्रममा दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो । बालिकाको घाँटीमा शंकास्पद डोरीको दाग देखिएपछि उनलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानको क्रममा प्रेमासहित उनको ससुरा मायादेवी–३ हरहरवाका ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमति यादव, श्रीमान् २२ वर्षीय राज कुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?