logo
२०८१ बैशाख १२ बुधवार



आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपात

खुला |


आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपात
फाइल तस्विर


काठमाडौँ, फागुन ११ गते । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

“उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहनेछ । ठूलो पानी पर्ने सम्भावना भने छैन ”, उहाँले भन्नुभयो । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?