logo
२०८१ बैशाख ७ शुक्रवार



दश लाख भारतीय रुपियाँसहित एक जना भारतीय नागरिक पक्राउ

१० लाख भारु सहित भारतीय पक्राउ

खुला |


दश लाख भारतीय रुपियाँसहित एक जना भारतीय नागरिक पक्राउ


गोविन्द शर्मा
बाँके, फागुन १० गते । प्रहरीले बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट दश लाख भारतीय रुपियाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगञ्जको भन्सार चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको उत्तरपुर्वी दिल्ली जफ्फरावादका मुनवर खाँको साथमा दुईवटा झोलामा राखिएको अवस्थामा अवैध भारतीय रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
नियमित चेकजाँचको क्रममा भारतीय नागरिकलाई पक्राउ गरिएको छ , सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रानाले भन्नुभयो,–यसबारे थप अनुसन्धान भइरहेको छ ।
भारतीय दुईहजारका ३ र पाँच सय रुपियाँका एकहजार ९८८ वटा नोट गरि १० लाख रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिलाई विदेशी विनियम ऐन २०१९ को दफा १७ वमोजिम बरामद रकम जफत गरी १० लाख रुपियाँदेखि ३० लाख रुपियाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा यसअघि पनि अवैधरुपमा भारतीय रुपियाँ बरामद गर्दै आएको प्रहरीले यसपटक नियमित चेकजाँचमा ठूलो सफलता प्राप्त गरेको जनाएको छ ।
यसैबीच नेपालगञ्ज उप–महानगरपालिका २ बौद्धटोलका भुट्ट मियाको घरमा छापा मारी एक लाख ५० हजार १६५ रुपियाँसहित ९ जना जुवाडेहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?