logo
२०८१ बैशाख १२ बुधवार



लागू औषसहित दुई युवक पक्राउ

खुला |


लागू औषसहित दुई युवक पक्राउ


अर्जुन काफ्ले
स्याङ्जा, फागुन १० गते । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ । लागू पदार्थ ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका १ का २२ वर्षीय अमुल परियारलाई पक्राउ गरेको हो ।
पुतलीबजार १ को प्रगतिनगरमा गुरुङ र परियारलाई शंकाष्पद अवस्थामा फेला पारेपछि सोधपुछ गर्दा उनीले लागू औषध सेवा गर्ने र लागू पदार्थ खरिद गरी दिवसको घरमा लुकाएर राखेको बताएका थिए ।
दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको व्यागमा दुई दुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज १ थान बरामद गरेको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले बताउनभुयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?