logo
२०८१ बैशाख १३ बिहीवार



रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

अन्तर्राष्ट्रिय |


रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज
तस्विर-पोलिटिको


मस्को, फाल्गुन ८ गते।
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।
नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुनुहुन्छ । उहाँमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ ।
घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किनुभएको थियो । रुस फर्के लगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो । उहाँले यस आक्रमणको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आउनुभएको छ ।
रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत ९ईसीएचआर० ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो ।
रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उहाँमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?