logo
२०८० चैत्र १६ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले ‘डी’ ग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ?
 मूल प्रमाणपत्र उपलब्ध नगराउने ।
– कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा ‘नन ग्रेडेड’ उल्लेख गर्न सिफारिस गरेको । ‘नन ग्रेडेड’ प्राप्त गर्नेलाई मूल प्रमाणपत्र उपलब्ध नगराई ग्रेडसिटमात्र उपलब्ध गराउन सिफारिस गरिएको ।
– विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत हासिल नगरेकालाई सो व्यवस्था गर्नका लागि सिफारिस गरिएको ।
– हाल कक्षा ८ देखि १२ सम्मका परीक्षामा सहभागी भएका सबैले ‘कम्प्लिटेड’ भनेर मूल प्रमाणपत्र पाउने गरेका छन् । हालको अभ्यासमा परीक्षामा विषयगत रूपमा ३० देखि ४० प्रतिशतसम्म प्राप्त भएमा त्यसलाई ‘डी’ प्लस र २० देखि ३० प्रतिशतसम्म प्राप्त गरेमा त्यसलाई ‘डी’ ग्रेडमा मूल्याङ्कन गर्ने गरिएको ।

२. सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड (पत्रुखाना) खुवाउन नपाइने व्यवस्था कहिले गरेको हो ?
 विक्रम संवत् २०७७ फागुन ३ ।
– शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ सार्वजनिक (२०७७ फागुन ३) गर्दै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा जङ्क फुड खुवाउन
निषेध गरिएको ।
– स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरिएको ।
– सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयलाई प्रदान गरेको । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने । सरकारले कर्णालीमा प्रति विद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य क्षेत्रमा १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको ।

३. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ?
 सन् २०१९ जुलाई २४ ।
– प्रतिरक्षा योजना सन् २०१२ यता पहिलोपटक सार्वजनिक गरिएको ।
– विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।

४. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
 धारा १३९ ।
– (प्रत्येक प्रदेशमा एक उच्च अदालत रहनेछ । उच्च अदालतले आफ्नो र आफ्नामातहतका अदालत वा न्यायिक निकायबाट हुने न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा पैmसलाको अवज्ञा गरेमा सङ्घीय कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।
– प्रत्येक उच्च अदालतमा मुख्य न्यायाधीशका अतिरिक्त सङ्घीय कानुनमा व्यवस्था भएबमोजिमको सङ्ख्यामा न्यायाधीशहरू रहनेछन् ।)

५. सबैका लागि न्याय सुनिश्चित गर्ने मूल लक्ष्यसहित न्यायपालिकाको चौथो रणनीतिक योजना कहिलेदेखि लागू भएको हो ?
 विसं २०७६ साउन १ ।
– विसं २०६१ देखि सुरु भएको योजनाबद्ध न्यायालय सुधार अभियानअन्तर्गत चौथो पञ्चवर्षीय रणनीतिक योजना लागू भएको । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराद्वारा २०७६ असार ३१ मा सो योजना सार्वजनिक गरिएको । योजना २०८१ असार मसान्तसम्म कार्यान्वयनमा रहनेछ ।

६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।

७. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?
 नेगुल्ट्रम ।

८. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
 भीमशमशेर ।

९. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?
 सन् १९२९ ।
– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)

१०. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?
 विसं १९३८ ।

११. विसं २०७५ मा मनाइएको प्रथम ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’को नारा के हो ?
 सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिको आधार ।

१२. राष्ट्रिय महिला आयोगद्वारा निःशुल्क हेल्पलाइन सेवा
‘खबर गरौँ ११४५’ कहिलेदेखि सञ्चालन गरिएको हो ?
 विसं २०७४ मङ्सिर २५ ।

१३. राणाकालीन समयमा नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?
 १० जना ।

१४. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
 विसं २०७४ भदौ ५ ।

१५. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
 विसं २०७४ मङ्सिर १ ।

१६. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्वीक एक्सन टीम)को गठन कहिले गरिएको हो ?
 विसं २०७४ मङ्सिर १ ।

१७. पाटनको सुन्दरीचोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
 विसं २०७४ कात्तिक १२ ।

१८. राष्ट्र बैङ्कको अनुमतिविना वित्तीय संस्थाले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?
 विसं २०७४ पुस ११ ।

१९. विष्णुका दस अवतार के–के हुन् ?
 मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र बल्की

२०. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?
 गौतम बुद्ध ।

२१. प्रशासकीय पुनर्गठन योजना आयोग–२०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?
 टङ्कप्रसाद आचार्य ।

२२. एक वडा एक कालोपत्रे सडक आयोजना तय गर्ने स्थानीय तह कुन हो ?
 फुङलिङ नगरपालिका, ताप्लेजुङ ।

२३. ‘हाइवे अफ स्पेसियल प्रोग्राम’ केसँग सम्बन्धित छ ?
 एक गाउँ एक उत्पादन ।

२४. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?
 दुर्लभ वन्यजन्तु र वनस्पति संरक्षण ।

२५. राष्ट्रिय योजना आयोगद्वारा दोस्रो बहुपक्षीय पोषण आयोजना (सन् २०१८–२०२२) कहिले सार्वजनिक
गरियो ?
 विसं २०७४ मङ्सिर २८ ।
– (पहिलो बहुपक्षीय पोषण योजना ः सन् २०१३–२०१७)
– सो पोषण आयोजनाअनुसार सन् २०२२ सम्ममा कुपोषणलाई २४ प्रतिशतमा झार्ने, पाचँ वर्षमुनिको पुड्कोपन तीन प्रतिशतबाट २० प्रतिशतमा झार्ने, कम तौल भएका बालबालिकाको अनुपात २७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।
– सो योजना देशभर नै सञ्चालन हुने ।

२६. मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?
 गुल्मी ।
– गुफा करिब एक सय ८५ मिटर लामो रहेको ।
– गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटर भित्र पुगेपछि पाँच सयजनासम्म अट्ने स्थान रहेको जसलाई सभाहल नामकरण गरिएको । त्यस्तै, गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृति रहेको । गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेँडु लखेट्दै जानेक्रममा फेलापरेको स्थानीयले बताएका ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?