logo
२०८१ बैशाख १३ बिहीवार



पञ्चेश्वरमा टिप्पर दुर्घटना, चालकको मृत्यु

खुला |


पञ्चेश्वरमा टिप्पर दुर्घटना, चालकको मृत्यु


गोकर्ण दयाल
बैतडी, माघ २५गते । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड निर्माणकार्यमा प्रयोग भएको टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा चालकको ज्यान गएको छ । आइतबार बिहान जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मडमा टिप्पर दुर्घटना हुँदाचालक बैतडीको शिवनाथ गाउँपालिका–२ का ४० वर्षीय हिक्मतसिंह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 
सु.प्र.प ०१–०० क १५८४ नम्बरको टिप्पर पाटन–पञ्चेश्वर सडक खण्ड स्तरोन्नतिका लागि ढुङ्गाबोकर जाँदै थियो । टिप्पर सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
दुर्घटनाबारे थाहा भएपछि अुनसन्धानका लागि सुल्लेखान प्रहरी चौकीबाट असई वीरसिंह चैसिरको टोटी घटनास्थलतर्फ प्रस्थान गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?