logo
२०८१ बैशाख ८ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?
 विक्रम संवत् २०७७ पुस ६ ।
– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।
– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।

२. महाकवि देवकोटा सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?
 मैतिदेवी, काठमाडौँ ।
(नेपाल प्रज्ञाप्रतिष्ठानले सङ्ग्रहालय निर्माणका लागि देवकोटाको घर (जसलाई कविकुञ्ज भनी चिनिन्छ)लाई आफ्नो स्वामित्वमा लिएको ।)

३. दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’को निर्माण कहाँ गरिने भएको छ ?
 कमलादी, काठमाडौँ ।
– विसं २०७६ मङ्सिर २१ मा टावरको शिलान्यास गरिएको ।
– टावरको उचाइ ७८ मिटर रहेको ।

४. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इएर अफ क्रिएटिभ इकानोमी फर सस्टेनेबल डिभेलपमेन्ट’का रूपमा मनाउने निर्णय ग¥यो ?
 सन् २०२१ ।

५. अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने महिला
को हुन् ?
 क्रिस्टिना कोच (अमेरिकी इन्जिनियर) ।
– उहाँले अन्तरीक्षमा ३२८ दिन बिताउनुभएको ।
– सन् २०१९ मार्च १४ मा अन्तरीक्षतर्फ लाग्नुभएकी उहाँले सन् २०२० फेब्रुअरी ६ मा पृथ्वीमा अवतरण गर्नुभएको ।
– अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने व्यक्ति रूसका भलेरी पोल्याकोभ (४३७ दिन) हुनुहुन्छ ।

६. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
 १३ ।

७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
 विसं २०७६ माघ २६ ।
(राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात् यसमा समाहित भएका आयोजनाले मात्र बजेटमा प्रवेश पाउने ।)

८. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्छ ?
 पाँचथर ।

९. एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त हुने मानवधिकारकर्मी को हुन् ?
 आभा मुर्तो (फिनल्यान्ड) ।
– जलवायु परिवर्तन एवम् महिला अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने मुर्तोलाई फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी ।
– महिला अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यसाथ उनलाई सो पदमा नियुक्त गरिएको जनाइएको ।

१०. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गरिएको नास्ट प्रविधि पुरस्कार २०७६ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
 कुलमान घिसिङ ।

११. हाल कुन देशले कृत्रिम चन्द्रमा निर्माण परियोजना अघि बढाएको छ ?
 चीन ।
– सो कृत्रिम चन्द्रमा पृथ्वीभन्दा ५०० किमि टाढा रहने ।
– कृत्रिम चन्द्रमाले १० वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने ।
– यसअघि यसकिसिमको परियोजना सन् १९९० को दशकमा रूसले अघि बढाउन खोजेको थियो तर सो परियोजना सफल हुन सकेन ।

१२. नाइजेरियामा खेतमा काम गरिरहेका सयभन्दा बढी व्यक्तिको घाँटी रेटी वीभत्स हत्या गर्ने आतङ्ककारी समूह कुन हो ?
 आईएसआएस सम्बद्ध बोको हराम ।
– नाइजेरियाको उत्तर–पूर्वी सहर मैदुगुरी नजिकैको गाउँमा सो समूहले निर्दोष नागरिकलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर वीभत्स तवरले हत्या गरेको ।
– सो हत्या सन् २०२० नोभेम्बर २८ मा भएको ।

१३. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?
 कोभिड–१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग
– बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड–१९ लगायत रोग सङ्क्रमण भएका एवम् आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग गर्न सकिने ।
– रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने ।

१४. भाषा आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनअनुसार थपिएका दुई भाषा कुन–कुन हुन् ?
 मारेक याक्खा र नावा शेर्पा ।
– यसअघि आव २०७५÷०७६ को प्रतिवेदनअनुसार थप भएका छ भाषा ः १. राना थारू (कैलाली), नार फु (मनाङ), ३. चुम (स्यार) गोरखा, ४. नुब्री (लार्के) गोरखा, ५. पोइके (डोल्पा) र ६. सेराके (सेके) मुस्ताङ हुन् ।
– २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेकोमा पछि थप भएका आठसहित हाल जम्मा भाषाको सङ्ख्या १३१ पुगेको ।
१५. पशुपक्षी एवम् बालीनालीको उत्पादकत्व बढाउने उद्देश्यसाथ व्यावसायिक रूपमा झिँगापालनको सुरुवात कहाँ गरिएको हो ?
 चितवन ।

१६. मन्त्रिपरिषद्को २०७४ असोज २५ को निर्णयअनुसार कति स्थानीय तह पिछडिएको क्षेत्रमा समावेश गरिएको हो ?
 ५७ ।
– पिछडिएको क्षेत्रमा आठ नगरपालिका र ४९ गाउँपालिका परेका ।
– सबैभन्दा बढी स्थानीय तह पिछडिएको क्षेत्रमा परेको जिल्ला बझाङ (६) हो ।

१७. बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका कुन हो ?
 भीमेश्वर नगरपालिका, दोलखा ।

१८. युनेस्कोको सहयोगमा वार्के फाउन्डेसनद्वारा प्रदान गरिने ग्लोबल टिचर प्राइज–२०२० बाट सम्मानित व्यक्तित्व को हुन् ?
 रणजितसिंह डिस्ले (भारत), पुरस्कार राशि १० लाख अमेरिकी डलर ।

१९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले विज्ञान पुरस्कार–२०७६ कसलाई प्रदान ग¥यो ?
 डा. यादवकुमारदेव भट्टराई (नर्भिक इन्टरनेसनल हस्पिटल) ।

२०. आव २०७५÷७६ को लेखापरीक्षणमा बेरुजु पछ्र्यौटमा सर्वोत्कृष्ट स्थानीय तह कुन बन्यो ?
 थाहा नगरपालिका (मकवानपुर) ।
(२.५४ प्रतिशतमात्र बेरुजु कायम गर्न सफल सो नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट घोषणा गरेको ।)

२१. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक)को स्थापना कहिले भएको हो ?
 सन् १९८९ ।
– स्थापनाकालमा १२ देशमात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

२२. कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन गरी के बनाइएको छ ?
 दोधारा–चाँदनी नगरपालिका ।

२३. बहुमुखी प्रतिभाका धनी एवम् महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?
 इटाली ।
– उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको ।
– मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्र हुन् ।

२४. सरकारले एसएलसी परीक्षा (हाल ः एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
 २०७१ सालको एसएलसी परीक्षादेखि ।
(२०७२ सालदेखि साधारणतर्फ पनि ग्रेडिङ प्रणाली लागू गरिने ।)

२५. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
 विसं २०७२ मङ्सिर १४ ।

२६. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?
 चिम्पाञ्जी ।
२७. हिन्दमहासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
 साइक्लोन ।
(थार तथा गोबी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

२८. खस आर्य भन्नाले कुन–कुन जाति बुझिन्छ ?
 ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी–दसनामी ।

२९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
 स्नातक तह ।

३०. हरित् जलवायु कोष (जीसीएफ)को मुख्यालय कहाँ छ ?
 दक्षिण कोरिया ।
– विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।
– हाल यस कोषमा १० अर्ब अमेरिकी डलर रकम रहेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?