logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटक तान्न सोलुखुम्बुका दुई स्थानमा रक क्लाईम्बिङ

पर्यटन |


पर्यटक तान्न सोलुखुम्बुका दुई स्थानमा रक क्लाईम्बिङ



सन्तोष राउत
सोलुखुम्बु, माघ ३ गते । आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि सोलुखुम्बुका दुई स्थानमा रक क्लाईम्बिङ निर्माण भएको छ । सोलुखुम्बुको दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकाले रक क्लाईम्बिङ सेन्टर निर्माण गरेको छ ।
सम्भाव्यता अध्ययन गरेर तत्काल रक क्लाईम्बीङ सेन्टर निर्माण गरिएको हो । महाकुलुङ गाउँपालिका–१ पात्लेमा रक क्लाईम्बिङ सेन्टर निर्माण सम्पन्न भएको अध्यक्ष सागर किराँतीले बताउनुभयो । प्राविधिकको टोलीले गाउँपालिकाको बुङ, पेल्माङ, छेस्काम, गुदेल, चाचालुङ लगायतका स्थानको भीरको अध्ययन गरेको थियो ।
स्थानीय तथा अन्तर्राष्ट्रिय माउण्टेनरिङ गाइड तेण्डी शेर्पाको पहलमा विदशी दाताले उपलब्ध गराएको तीन लाख ६० हजार रुपियाँको सामाग्री र महाकुलुङ गाउँपालिकाको पाँच लाख रुपियाँको लागतमा रक क्लाईम्बिङ सेन्टर निर्माण गरिएको हो ।
त्यस्तै, सोलुखुम्बुको खुम्बपासाङल्हामु गाउँपालिका–१ खरिखोलामा रक क्लाईम्बिङको स्थापना गरिएको छ । अन्तराष्ट्रिय माउण्टेन गाईड ल्हाक्पा ग्याल्जेन शेर्पाको जग्गा व्यवस्थापन तथा गाउँपालिकाको पाँच लाख रुपियाँ लगानीमा खरिखोलामा रक क्लाईम्बिङ स्थापना गरिएको हो ।
२० मिटर उचाई रहेको भीरमा सात वटा रुट लकडाउनकै अवधिमा निर्माण गरिएको माउण्टेन गाईड शेर्पाले बताउनुभयो । रक क्लाईम्बिङमा तालिम लिन सके सगरमाथा आरोहणमा सहज समेत हुनेछ । खरिखोलाका वडाअध्यक्ष ङिमादोर्जी शेर्पाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
खरिखोला तल्लो क्षेत्र पर्यटकका लागि खुम्बु प्रवेशद्वार भएकाले आन्तरिक पर्यटकलाई समेत आर्कषण गर्न सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । रक क्लाईम्बिङलाई व्यवस्थित बनाउँदै लाने उहाँको भनाइ छ । यसअघि लुक्ला र खुम्जुङमा रक क्लाईम्बिङ सञ्चालनमा छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?