logo
२०८१ बैशाख ७ शुक्रवार



गोरखापत्रको कोहलपुर प्रकाशन गृह निर्माण हुँदै,फागुन मसान्तसम्म प्रकाशन तयारी

खुला |


गोरखापत्रको कोहलपुर प्रकाशन गृह निर्माण हुँदै,फागुन मसान्तसम्म  प्रकाशन तयारी
गोरखापत्रको प्रकाशन गृह निर्माणको अनुगमन गर्दै संस्थानका अध्यक्ष र कानुनी सल्लाहकारलगायत । तस्विर -सिराज खान


सिराज खान / गोविन्द शर्मा
नेपालगञ्ज, माघ ३ गते । बाँकेको कोहलपुरमा निर्माण भैरहेको गोरखापत्रको प्रकाशन गृहको निर्माणकार्य भैरहेको छ । आगामी फागुन मसान्तसम्म प्रकाशन गृहको निर्माण पूरा गरेर पत्रिका प्रकाशन गरिने तयारीका साथ सो निर्माणलाई तीव्रता दिइएको हो ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर बाँकेको कोहलपुरबाट गोरखापत्र दैनिकलाई प्रकाशन गर्ने उद्देश्यका साथ कोहलपुर ३ मैटहवामा भौतिक पूर्वाधार निर्माणको कायहरु भैरहेको छ ।
तीन चरणमा निर्माण पुरा गरिने भौतिकपूर्वाधार अन्तर्गत पहिलो चरणमा जग्गाको चारैतिर कम्पाउण्ड वाल बनाउने कार्य पुरा गरिसकिएको छ भने प्रेस भवन र स्टोरको निर्माण भैरहेको छ ।
सोही निर्माणको हालको अवस्था बारे विस्तृत जानकारी लिएर समयमै निर्माण पुरा गराउने उद्देश्यका साथ गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र संस्थानका कानुनी सल्लाहकार भूपाल बस्नेतले स्थलगत अनुगमन गर्नुभएको छ ।
संस्थानका कार्यकारी अध्यक्ष भण्डारीले निर्धारित समयमै निर्माण कार्य पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आगामी फागुनबाट आफ्नै छापाखानाबाट पत्रिका प्रकाशन गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले हालसम्मको निर्माणको अनुगमन गर्दै त्यसमा देखिएका सुधार गर्नुपर्ने पक्ष र कामलाई अझै तिव्रता दिनुपर्ने विषयमा आवश्यक सुझाव समेत दिनुभएको छ ।
सो अवसरमा निर्माण कम्पनी उमा महेश्वरी कन्स्ट्रक्सनका सञ्चालक कृष्ण पोखरेलले निर्धारित समयमै काम पुरा गर्ने लक्ष्यका साथ काम गराइरहेको बताउनुभयो ।
अनुगमनका क्रममा कोहलपुर नगरपालिका ३ का वडा अध्यक्ष माधव रिजाल र गोरखापत्रको कोहलपुरस्थित कार्यालयका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?