logo
२०८१ बैशाख ८ शनिवार



गुड्दै गरेको ट्रकमा आगलागी

खुला |


गुड्दै गरेको ट्रकमा आगलागी
फाइल फाेटाे



अमरराज नहर्की
तनहुँ, माघ ३ गते । पृथ्वीराजमार्ग खण्डमा पर्ने तनहुँको व्यास १२ देउरालीमा शनिबार गुड्दै गरेको ट्रकमा आगलागी भएको छ ।
पोखराबाट मुग्लिन जाँदै गरेको लु २ ख ११९ नम्बरको सिमेन्ट ढुवानी गर्ने ट्रक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण क्षति भएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाइएको थियो । वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?