logo
२०८१ बैशाख १३ बिहीवार

माघे संक्रान्तिमा गोरु जुधाइ प्रतियोगिता

खुला |
फोटो फिचर |


2021-01-14-30150
माघे संक्रान्तिको अवसरमा धादिङको धुवाँकोटमा आयोजना गरिएको गोरु जुधाउने कार्यक्रममा देखिएको गोरु जुधेको दृश्य, फोटो -मुरारी अधिकारी



मुरारी अधिकारी
धादिङ, माघ १ गते । धादिङका विभिन्न स्थानमा माघे संक्रान्ति गोरु जुधाएर मनाइएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा माघे सक्रान्तिको दिन १८ हल गोरु जुधाइयो भने जिल्लाको खाल्टेमा १० हल गोरु जुधाइएको छ ।

एक दुई हल गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउने पुरानो चलनलाई व्यवस्थित बनाउँदै विगत केही वर्ष देखि गोरु जुधाउने मेलाका रुपमा माघे संक्रान्ति मनाउन थालिएको छ ।

आन्तरिक पर्यटन विकासमा यस पर्वलाई अगाडि बढाउने उद्धेश्यकले गोरु जुधाउने पर्व गरिएको धुवाँकोटका आयोजक संस्था संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका संयोजक शिवकुमार श्रेष्ठ बताउनु हुन्छ । जिल्लाको मैदी, ढोला, खरी लगायतका स्थानमा पनि गोरु जुधाएर भव्यताका साथ माघे संक्रान्ति पर्व मनाइएको छ ।