logo
२०७८ श्रावण १८ सोमवार

दैनिक अध्यावधिक

image
1981

सङ्क्रमित

image
2020

निको भएका

image
18

मृत्यु भएका

मिति:श्रावण १७, २०७८ (१६:२९)
स्राेत:https://covid19.mohp.gov.np/



बलात्कार गरेको आरोपमा पक्राउ परेका माथि अनुसन्धान 

खुला |


बलात्कार गरेको आरोपमा पक्राउ परेका माथि अनुसन्धान 
सांकेतिक तस्बीर


रसुवा, पुस २९ गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।  छ वर्षीया बालिकालाई धुञ्चे क्षेत्रमा बलात्कार गरेको आरोपमा बालिकाका संरक्षकले दिएको जाहेरीका आधारमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भएका वर्ष २२ का यमप्रसाद भट्टराईलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।    
    
यही पुस १८ गते भएको घटनाको विवरण ढिलो पेश भए पनि तदारुक्ताका साथ प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न गराएर थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष २०७४-७५ देखि हालसम्म बलात्कार तथा जबर्जस्ती करणीका ११ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?