logo
२०८१ बैशाख १२ बुधवार



दुर्घटनामा एकको मृत्यु

खुला |


दुर्घटनामा एकको मृत्यु


राममणि दाहाल
हेटौँडा, पुस २५ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको चुरियामा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ ।
राजमार्गअन्तर्गत हेटौँडा १५ स्थित चुरियामाई मन्दिर उकालोमा शुक्रबार राति जनकपुरबाट काठमाडौँका लागि आएको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा ३ लेवटका अन्दाजी ४२–४३ वर्षीया देवी लामाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले लामाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जानकारी दिनुभयो । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौँडा ३ लेवटका अन्दाजी ३५–३६ वर्षीय इश्वर नेपालको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?