logo
२०८१ बैशाख १३ बिहीवार



लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)


वैदेशिक रोजगारका समस्या
१. नेपालको वैदेशिक रोजगारीमा देखिएका समस्याहरू के–के हुन् ? लेख्नुहोस् ।
 जीवन जिउनका लागि विदेशमा गरिने इलम, काम, पेसा, व्यापार, व्यवसाय वैदेशिक रोजगारी हो । नेपालमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि वैदेशिक रोजगारी मर्यादित हुन सकेको छैन । यसमा विभिन्न समस्याहरू देखिएका छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
क. बाध्यात्मक वैदेशिक रोजगारी ः
– स्वदेशमा रोजगारीको अवसर नहुँदा, कामको सम्मान नहुँदा नेपालीका लागि वैदेशिक रोजगारी स्वेच्छाभन्दा बाध्यात्मक बनेको छ ।
ख. यथार्थ सूचनाको अभाव ः
– कुन देशमा कति नेपाली कामदार कस्तो अवस्थामा के–के काम गरेका छन्, सोको यथार्थ सूचनाको अभाव छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड यसबारेमा क्रियाशील देखिएको पाइँदैन ।
ग. प्रतिबद्धता लागू नगर्ने गन्तव्य मुलुक ः
– विदेशमा गएपछि प्रतिबद्धताबमोजिमको काम नलगाउने, सुविधा नदिने, न्यून पारिश्रमिक दिने, स्वास्थ्य तथा सुरक्षाको अभाव हुने जस्ता समस्या देखिएका छन् ।
घ. वैदेशिक रोजगार विभागको कमजोरी ः
– वैदेशिक रोजगार व्यवसायीहरूको दर्ता, नवीकरण, नियमनलगायतका कार्य गर्ने जिम्मेवार निकायका रूपमा रहेको यस विभागका कार्यहरूको गैरजिम्मेवारीपनले समस्या समाधानभन्दा समस्या सिर्जना गरेको पाइन्छ । कानुनसड्ढत कार्य नगर्नु, वैदेशिक रोजगार व्यवसायीहरूको नियमन प्रभावकारी नगर्नु यस विभागको मुख्य कमजोरी हो ।
ङ. अपारदर्शी रोजगार व्यवसायी ः
– कतिपय वैदेशिक रोजगार व्यवसायीहरूले कामदारसँग बढी पैसा लिने, झुटा आश्वसन दिने, विदेश नपठाउने, विदेशमा भनेको काम, पैसा नपाउने, ठग्ने प्रवृत्ति हाबी देखिन्छ । वैदेशिक रोजगार व्यवसायीको अपारदर्शी व्यवहार, खराब आचरणजस्ता कारणले पनि ठूलो समस्या सिर्जना गरेको देखिन्छ ।
च. आर्थिक कूटनीतिको अप्रभावकारिता ः
– विदेशमा कार्यरत नेपालीको हकहितको संरक्षण, रोजगारी प्रवद्र्धन, समस्यामा परेकाको उद्धार, राहत, समन्वयलगायतका कार्यहरूमा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको भूमिका कमजोर देखिएको छ ।
छ. सीपयुक्त तालिमको अभाव ः
– गन्तव्य मुलुकका श्रम कानुन, भाषा, रहनसहन, कामको सीपलगायतका विषयमा पर्याप्त सीपयुक्त तालिम नहँुदा नेपालीले विदेशमा खासगरी कठिन, जोखिम एवम् अरू देशका श्रमिकले छाडेका फोहोरी कार्य गर्नुपरेको
अवस्था छ ।
ज. नेपाल बाहिरबाट अवैध बहिर्गमन ः
– वैदेशिक रोजगारीका लागि हाल खुला गरिएका ११० मुलुकबाहेक अरू मुलुकमा नेपाल बाहिरबाट भारतलगायतका देशबाट अवैधानिक रूपमा लुकेर विदेश गएको अवस्था छ ।
झ. विदेशबाट प्राप्त पुँजी र सीपको न्यून परिचालन ः
– वैदेशिक रोजगारीबाट प्राप्त पुँजी, सीप, ज्ञान, अनुभव, क्षमताको उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको अवस्था छ ।
ञ. कमजोर अनुगमन र मूल्याङ्कन ः
– वैदेशिक रोजगार व्यवसायीहरूको दर्ता, नवीकरण, नियमन गर्ने वैदेशिक रोजगार विभाग आफैँमा समस्याग्रस्त छ, त्यसैगरी श्रममन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय वैदेशिक रोजगार समन्वय समितिले वैदेशिक रोजगार व्यवस्थापन कार्यको समन्वय, अनुगमन र मूल्याङ्कन प्रभावकारी रूपमा गर्न नसकेको अवस्था छ ।

२. नेपालमा के–कस्ता पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुने व्यवस्था छ ?
नेपालको संविधानको धारा २९२ अनुसार नेपालमा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने देहायबमोजिमको पदमा नियुक्ति हुनुअघि संसदीय सुनुवाइ हुने व्यवस्था छ ः
– क. प्रधान न्यायाधीशको पद,
– ख. सर्वाेच्च अदालतका न्यायाधीशको पद,
– ग. न्याय परिषद्का सदस्यको पद,
– घ. संवैधानिक निकायको प्रमुख तथा पदाधिकारीको पद,
– ङ. राजदूतको पद,
– संसदीय सुनुवाइका लागि सङ्घीय संसद्का दुवै सदनका सदस्यहरू रहनेगरी १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने व्यवस्था छ ।

३. सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेदवार छनोट गर्दा के–कस्ता परीक्षाको माध्यमबाट छनोट गर्नुपर्ने व्यवस्था छ ?
सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेदवार छनोट गर्दा देहायबमोजिमका परीक्षाको माध्यमबाट छनोट गर्नुपर्ने व्यवस्था छ ः
– क. प्रारम्भिक शारीरिक परीक्षण,
– ख. शारीरिक सहिष्णुता,
– ग. विस्तृत स्वास्थ्य परीक्षण,
– घ. मनोवैज्ञानिक व्यक्तित्व (आईक्यू) परीक्षण,
– ङ. लिखित परीक्षा,
– च. गुणमापक परीक्षा,
– छ. विशेष स्वास्थ्य परीक्षण,
– ज. अन्तर्वार्ता ।

४. नेपालको राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्राप्तिमा सङ्घ, प्रदेश तथा स्थानीय तहको के–कस्तो भूमिका हुनुपर्ला ? चर्चा गर्नुहोस् ।
आर्थिक वृद्धिदर उच्च, दिगो, फराकिलो, न्यायिक एवम् समावेशी भई समग्र अर्थतन्त्र स्वतन्त्र एवम् आत्मनिर्भर भएको राष्ट्रिय एकतामा आबद्ध स्वाधीन एवम् समुन्नत नेपाल समृद्ध नेपाल हो । यही समृद्ध नेपालमा बसोवास गर्ने स्वास्थ्य, शिक्षित एवम् उच्च जीवनस्तर भएका सबै नेपाली नागरिक सुखी नेपाली हुन् । दोहारो अङ्कको आर्थिक वृद्धिदरसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय लक्ष्य प्राप्तिमा नेपालमा हाल रहेका तीन तहको सरकार सङ्घ, प्रदेश तथा स्थानीय तहको निम्नानुसारको भूमिका हुनुपर्ने देखिन्छ ः
सङ्घको भूमिका ः
– मुलुकको समृद्धि र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
– राष्ट्रिय नीति तथा योजना तय गर्ने,
– नियमनका मापदण्ड निर्धारण गर्ने, समन्वय गर्ने, कार्यान्वयन गर्ने गराउने,
– शान्ति सुरक्षा, सुशासन एवम् स्थायित्व कायम गरी लगानीमैत्री वातावरण निर्माण गर्ने,
– वृहत् पूर्वाधार निर्माण गर्ने,
– आधारभूत वस्तु तथा सेवा प्रवाह गर्ने,
– प्रदेश र स्थानीय तहको सरकारसँग समन्व्य, सहकार्य एवम् सहअस्तित्व कायम गर्दै क्षमता विकास गर्ने,
– निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सहकारी क्षेत्रका कार्यहरूमा सहजीकरण गर्ने,
प्रदेशको भूमिका ः
– राष्ट्रिय सोच, लक्ष्य एवम् उद्देश्य प्राप्तिमा सहयोग गर्ने, सहकार्य गर्ने,
– प्रादेशिक नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने, समन्वय गर्ने,
– लगानीको उपयुक्त वातावरण तयार गर्ने,
– प्रदेश–प्रदेश र स्थानीय तहबीचमा विकास र समृद्धिका लागि सहकार्य गर्ने, समन्वय गर्ने, प्रतिस्पर्धा गर्ने,
– सुशासन कायम गर्ने,
– रोजगारी अभिवृद्धि गर्ने,
– सेवा प्रवाह गर्ने,
– संस्थागत क्षमता विकास गर्ने,
– जनशक्ति विकास गर्ने,
स्थानीय तहको भूमिका ः
– सङ्घ र प्रदेशको विकासको सोच, लक्ष्य एवम् उद्देश्य प्राप्तिमा सहयोग गर्ने, सहकार्य गर्ने,
– लगानीको वातावरण तयार गर्ने,
– एकीकृत सोचका साथ स्थानीय पूर्वाधार, सामाजिक र ग्रामीण विकासमा जोड दिने,
– स्थानीय अर्थतन्त्रको विस्तार गर्ने,
– रोजगारी अभिवृद्धि गर्ने,
– मानव संसाधन विकास गर्ने,
– जनताको सबैभन्दा नजिकको सरकारका रूपमा आधारभूत वस्तु तथा सेवा प्रवाह गर्ने,
– स्थानीय साधन स्रोतको अधिकतम परिचालन गर्ने,
– स्थानीय तहमा क्रियाशील संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने,
– स्थानीय तहदेखि नै लोकतन्त्र, सुशासन, विकास र समृद्धि संस्थागत गर्ने

५. वाणिज्य बैङ्कले गर्ने बैङ्किङ तथा वित्तीय कारोबारहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
वाणिज्य बैङ्कले गर्न सक्ने बैङ्किङ तथा वित्तीय कारोबारलाई निम्नअनुसार उल्लेख गर्न सक्नेछ ः
– निक्षेप स्वीकार गर्ने,
– निक्षेप परिचालन गर्ने,
– निक्षेप भुक्तानी दिने,
– बैङ्किङ तथा वित्तीय कारोबारहरूको लेनदेन गर्ने,
– मध्यस्थताको काम गर्ने,
– रकमान्तर गर्ने,
– हायर पर्चेज, लिजिङ, हाउजिङ, अधिविकर्षजस्ता कर्जा दिने,
– विदेशी बैङ्क तथा वित्तीय संस्थाको जमानतमा कर्जा दिने,
– बैङ्क जमानतपत्र जारी गर्ने,
– नेपाल राष्ट्र बैङ्कबाट पुनर्कर्जा लिने,
– अन्य बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिने दिने,
– प्रचलित कानुनको अधीनमा रही कर्जा अपलेखन गर्ने,
– सेयर, डिबेन्चर, ऋणपत्र आदि जारी गर्ने,
– प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट तथा अन्य वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने, खरिद बिक्री गर्ने,
– विदेशी विनिमय कारोबार गर्ने,
– सरकारी कारोबार गर्ने,
– सरकारी ऋणपत्र खरिद–बिक्री गर्ने,
– विदेशबाट विप्रेषण प्राप्त गर्ने र सोको भुक्तानी गर्ने,
– सुन, चाँदी खरिद बिक्री गर्ने ।

६. कुनै पाँचवटा सरुवा रोगहरूको नाम लेख्नुहोस् ।
कुनै पाँचवटा सरुवा रोगहरू निम्न छन् ः
– क. क्षयरोग,
– ख. झाडापखाला,
– ग. कोभिड–१९, कोरोना भाइरस
– घ. टाइफाइड,
– ङ. यौनरोग (भिरिड्ढी÷एड्स)

७. जनशक्ति विकासका बहुआयामिक तŒवहरू के–के हुन् ? लेख्नुहोस् ।
जनशक्ति विकासका बहुआयामिक तŒवहरू निम्न छन् ः
– क. शिक्षा
– ख. तालिम
– ग. अध्ययन भ्रमण
– घ. सूचना
– ङ अनुसन्धान÷खोज
– च. स्वास्थ्य
– छ. पोषण
– ज. रोजगारी÷आयआर्जन

८. नेपालमा जैविक विविधताको कसरी संरक्षण गर्न सकिन्छ ? चर्चा गर्नुहोस् ।
जीवित प्राणी एवम् वनस्पतिहरूको वासस्थान र तिनको वंशाणुगत गुणको जगेर्ना गर्नु जैविक विविधता संरक्षण हो । हिमाल, पहाड र तराईमा विभक्त नेपालको प्रत्येक प्रदेशमा जैविक विविधतामा पनि भिन्नता छ । यिनको संरक्षण गर्नु आवश्यक छ । नेपालमा देहायअनुसार यसको संरक्षण गर्न सकिन्छ ः
– नेपालको प्रत्येक भौगोलिक क्षेत्रमा अवस्थित जैविक विविधताको अध्ययन गरी प्रत्येक जीवजन्तुहरूको स्थिति, वासस्थान, अवस्थाबारे जानकारी लिई सोहीअनुसार संरक्षणका कार्यक्रम तर्जुमा गरी लागू गरेर,
– जैविक विविधताको संरक्षणमा स्थानीय सङ्घ संस्था, समुदायको सक्रिय सहभागिता बढाएर,
– जैविक विविधताको महŒवबारे जनचेतना अभिवृद्धि गरेर,
– वन–जड्ढल जोगाएर, हरियाली बढाएर, वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरेर,
– वनसम्पदाको प्रयोगमा कटौती गरेर,
– वन्यजन्तुको संरक्षण गरेर, रासायनिक मल एवम् कीटनाशक औषधिको प्रयोग कम गर्दै गएर,
– जैविक विविधताको संरक्षण गर्न कानुन तर्जुमा गरी कार्यान्वयन गरेर,
– धार्मिक एवम् साँस्कृतिक परम्पराको उपयोग गरेर । जस्तै ः वर–पपील, तुलसी, बेल, रुद्राक्ष आदिको जगेर्ना गरेर ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?