logo
२०८१ बैशाख ४ मंगलवार



कोरोनाबीच क्रिसमस, ठाउँठाउँमा सजिए क्रिसमस–ट्री

समाज |


कोरोनाबीच क्रिसमस, ठाउँठाउँमा सजिए क्रिसमस–ट्री
सिटी सेन्टरमा क्रिसमस सजावत । तस्बिर ः सुजन गुरूङ


यलु जोशी
काठमाडौं, पुस ९ गते । क्रिसमसको रौनकसँगै रेष्टुराँ, तारे होटल, गाडीको शोरुम, क्लबदेखि सपिङ मल सबैतिर झिलिमिली वत्तीमा सजिएका क्रिसमस–ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनमा सजिसजाउ छ ।
कोरोना महामारीको (कोभिड १९) विगत आठ महिनादेखि सबै ठप्प भयो । क्रिसमस (पुस १० गते) डिसेम्वर २५ तारिखमा भएको हुनाले ब्यवसायहरु यसैदिनको लागि सबै सजिसजाउ गरिएका छन् ।
‘विगत आठ महिनासम्म घरमा नै बसियो अब क्रिसमसमा रमाइलो गर्नुपर्छ,’ गायिका आस्था राउतले भन्नुभयो, ‘स्वास्थ्य मापदण्ड अपनाएर आफू र अरुलाई पनि रमाईलो गर्न उहाँले आग्रह गर्नुभयो । सबै धर्मको सम्मान गर्नुपर्ने जानकारी दिँदै कोरोनाको महामारीबाट चाँडै विदा होस् भन्ने मेरो चाहना छ ।’
विद्यालय पढ्दैदेखि क्रिसमस मनाउँदै आउनुभएको गायिका राउतले यो विश्वव्यापी रुपमा मनाउने अन्तराष्ट्रिय पर्व भएको बताउनुभयो । यसपाली विभिन्न होटल क्रिसमसको गीत गाउने जानकारी पनि दिनुभयो ।
धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् । पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत फाइदा हुने नयाँ सडकस्थित आर्चिच हिफ्टसपका गणेश रेग्मी बताउनुहुन्छ, ’ पर्वका लागि विभिन्न उपहार खरिद गर्ने साथै सान्ताको लुगा बढी विक्री हुन्थ्यो तथा यो वर्ष विद्यालय बन्द भएको कारण व्यापारमा भने कमी आएको छ ।’
यस्तै, भाटभटेनी सुपरमार्केटमा क्रिसमस ट्रिमा फोटो खिचाउनेको भीड थियो । सामान खरिद गर्न आउनेहरुको लागि क्रिसमस ट्री आकर्षणको रुपमा रहेको भाटभटेनीमा कार्यरत कर्मचारी उषा कार्कीले जानकारी दिनुभयो । उहाँले दैनिक हजारौंले फोटाहरु खिच्ने र रमाइलो मान्ने गरेको बताउनुभयो ।
क्रिसमसप्रति बढ्दो आकषर्णका बारेमा राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्का भन्नुहुन्छ, ‘केही युवाले फेसनका रुपमा यो पर्व मनाएको देखिए पनि मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रिष्टियन धर्मालम्बी खुल्न थालेका हुन् ।’क्रिसमस मनाउन आउने युवापुस्तालाई स्वागत गर्न तयारी अवस्थामा छ –ठमेल र दरबारमार्ग ।
ठमेलमा रेस्टुरेन्टको गेटमा पिलपिले बत्ती जडान गरिएको क्रिसमस ट्री सजाइ सकिएको छ । यहाँका रेस्टुरेन्टहरुमात्र होइन आन्तरिक पर्यटकहरुलाई आकर्षित पार्ने सबैजसो पसलमा क्रिसमस ट्री सजाइएको छ ।
ठमेलस्थित फरएभर क्याफेका निरललित पियाले भन्नुभयो, ‘नेपाली युवापुस्ता जसका लागि क्रिसमस मनाउनु एउटा संस्कृति भइसकेको छ ।’
कोरोनाको महामारीका कारण पुरै थप्प भएको व्यवसाय क्रिसमसले केही राहत पाउँछ भन्ने आशा गरिरहेको बताउनुभयो ।
वाह्य पर्यटक नभए पनि हाम्रो नेपाली दाजुभाई दिदीबहिनी रमाइलो गर्न आउने विश्वास गर्दै स्वास्थ्य मापदण्ड अनुसार नै क्याफे सञ्चालन गरेको पियाले बताउनुभयो ।
यस पर्वमा येशू ख्रिष्टको जन्मदिनको अवसरमा देशभरका विभिन्न मण्डलीहरु र ख्रिष्टियन सङ्घ संस्थाले क्रिसमस पर्वलाई उत्सवको रुपमा मण्डलीभित्र वा सार्वजनिकस्थलमा हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
क्रिसमस इभमा सान्ताले ज्ञानी बच्चाहरुलाई सुतिरहेको समयमा गिफ्ट छोड्ने विश्वास गरिन्छ । सान्ताको थिए त ? सय वर्ष अघि भिक्षु सेन्ट निकहोलस् टर्कीमा जन्म भएको थियो । निकहोलस्ले विभिन्न ठाउँमा गरिवहरुलाई मद्दत गर्दे हिँड्नुहुन्थ्यो । निकहोलस् युरोपमा सान्ताको रुपमा परिचित हुनुहुन्छ ।
क्रिस्चियनहरुले क्रिसमसको दिनमा सल्लाको रुख (क्रिसमस ट्री) लाई सजाएमा वर्षभरि हरियो हुने विश्वास रहेको छ । ‘क्रिसमस’ ट्रीमा वत्तीको राखेर सजाउने गरिन्छ । क्रिसमस ट्री प्राकृतिक र क्रिटिम दुवैमा क्रिसमसको अवसरमा सजाउने गरिन्छ । क्रिसमस ट्री सजाउने परम्परा १६ औँ शताब्दीमा लिमोनिया र जर्मनीबाट आएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?