logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाभाइरसको नयाँ प्रकारमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

अन्तर्राष्ट्रिय |
बिज्ञान |


कोरोनाभाइरसको नयाँ प्रकारमाथि पनि फाइजर र मोडर्नाको परीक्षण
तस्विर-फाइल


वासिङ्टन, पुस ७ गते। कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।
बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ । “अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?