logo
२०८१ बैशाख ८ शनिवार

  समाचार टिप्पणी  



डेभ व्हाटमर, कुशल प्रशिक्षक, औसत खेलाडी

पढ्नै पर्ने |
खेलकुद |


डेभ व्हाटमर, कुशल प्रशिक्षक, औसत खेलाडी
तस्विर-एएफपी


इश्वचन्द्र झा
काठमाडौं, पुस ३ गते अष्ट्रेलियाका डेभेनिल फेड्रिक व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । यस अघिका श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दशानायकको कार्यकालमा नेपाली क्रिकेट निकै माथि उठ्यो । नवनियुक्त प्रशिक्षकले पुबुदुले कायम गरेको इतिहासलाइ कायम राख्दै नेपाली क्रिकेटलाई अझै माथि लानु पर्ने चुनौती व्हाटमर माथि छ । संयोगबस नवनियुक्त प्रशिक्षक पनि श्रीलङ्काली मुलका अष्ट्रेलियन नागरिक हुनुहुन्छ ।
नेपाली क्रिकेटको बागडोर डेभ व्हाटमरको हातमा पुगेपछि नेपाली क्रिकेट कताजाला भन्ने अनुमान गर्न नयाँ प्रशिक्षकको खेल जीवनबारे पनि जानकारी राख्नु जरुरी छ ।
औसत खेलाडी
डेभेनिल फेड्रिक व्हाटमर श्रीलङ्काको सिलोन प्रान्तको कोलम्बोमा १६ मार्च, १९५४ मा जन्मिनुभयो । तर बाल्यकालमै उहाँ अष्ट्र्लिया प्रस्थान गर्नुभयो । अष्ट्रेलियामै क्रिकेट संस्कारमा हुर्किनुभएका डेभले दायाँ हाते ब्याट्सम्यानको रुपमा सन् १९७० को दशकमा अष्ट्रेलियाको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्नुभयो । तर राम्ररी जम्न सक्नुभएन । त्यसअघि उहाँले घरेलु क्रिकेटमा शेफिल्ड र भिक्टोरियाको प्रतिनिधित्व गर्नुभएको थियो ।
पकिस्तान विरुद्ध सन् १९७९ को मार्च १० देखि १५ सम्म भएको टेष्ट खेलबाट उहाँले अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्नुभयो । सात टेष्ट म्याच खेल्नुभएका उहाँले १३ पारीमा दुई अद्र्धशतकसहित २२.९३ को औसतले २९३ रन बनाउनुभएको छ । छ महिनापछि उहाँले भारत विरुद्ध मुम्बईमा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने मौका पाउनुभयो । तर चयनकत्र्तालाई प्रभाबित पार्न नसकेपछि उहाँको उक्त पारी नै अन्तर्राष्ट्रिय एकदिवसीयको पहिलो र अन्तिम पारी हुन पुग्यो । भारत विरुद्ध उहाँले मात्र दुई रन बनाउनुभयो ।
कुशल प्रशिक्षक
खेलाडीको रुपमा प्रशंसकलाई लोभ्याउन नसकेपनि व्हाटमरले क्रिकेटप्रतिको आफ्नो रुचीलाई निरन्तरता दिने निर्णयमा पुग्नुभयो । र सन् १९८८ मा प्रशिक्षक बन्ने बाटोमा लाग्नुभयो । प्रशिक्षकको रुपमा उहाँ पहिलोपटक श्रीलङ्काली क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्नुभयो । श्रीलङ्काले सन् १९९६ को विश्वकप क्रिकेटको उपाधि जित्दा डेभ व्हाटमरलाई नै प्रमुख योजनाकार मानिन्छ । तर पहिलो कार्यकालमा श्रीलङ्का क्रिकेटसँग लामो समय टिक्न नसकेका उहाँ पुनः सन् १९९९ मा श्रीलङ्का क्रिकेटमा दोस्रो कार्यकालका लागि प्रशिक्षक नियुक्त हुनुभयो । पहिलो कार्यकालमै सफलता प्राप्त गरेपनि उहाँको क्रिकेट जीवनको कठिन चुनौती त्यत्तिबेला सुरु भयो, जब सन् २००३ मा उहाँले बंगलादेश क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त हुनुभयो ।
एकदिवसीय मान्यता पाएको चार वर्षसम्म बंगलादेशले एउटै अन्तर्राष्ट्रिय खेल जित्न सकेको थिएन । र बंगलादेश निरन्तर भारी अन्तरले हारको सामना गरिरहनुपर्यो । उहाँले भने अलि पनि अत्तालिनुभएन र बंगलादेश क्रिकेटले राम्रो गर्ने विश्वाससहित आफ्नो कार्यकाल लम्ब्याउँदै लग्नुभयो । र बंगलादेश बोर्डले समेत उहाँमाथि विश्वास गर्यो । अन्ततः चित्तगावंमा जिम्बाबवेलाई हराउँदै ढाकामा बराबरी खेलेपछि बंगलादेशले पहिलो श्रृखंला हात पार्यो । र व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको प्रतिफल बंगलादेशले पाउन सुरु गर्यो । त्यत्ति नै बेला बंगलादेशको एकदिवसीय प्रदर्शन पनि सुध्रिदै गयो । र अन्तर्राष्ट्रिय एकदिवसीयमा भारतलाई हराउन पुग्यो । उतारचढाब जारी रह्यो ।
सन् २००५ मा अष्ट्रेलियालाई उसको घरेलु मैदान कार्डिफमा हराएर बंगलादेश क्रिकेटको युगलाई व्हाटमरले आफ्नै प्रशिक्षणमा स्वर्णकालमा लग्नुभयो । सन् २००७ को विश्वकप क्रिकेटमा छिमेकी भारतलाई हराएर बंगलादेशले अन्तिम आठबाट बिदा मात्रै गरेनन्, आफ्नो स्थान अन्तिम आठमा सुनिश्चित गर्यो । तर प्रतियोगिताको अन्त्यमा व्हाटमरले पदबाट राजिनामा गर्नुभयो ।
त्यत्ति नै बेला उहाँ भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्ने चाहना राख्नुभएको थियो । तर ग्रेग च्याप्पलले उक्त भूमिका पाएपछि व्हाटमर भारतकै नेशनल क्रिकेट एकेड्मी सम्हाल्ने अवसर पाउनुभयो । सन् २००९ मा उहाँले अष्ट्रेलियाका जोन बुकाननलाई आईपीएलमा कलकत्ता नाइट राइडर्सको प्रशिक्षकबाट विस्थापित गर्नुभयो । सन् २०१२ मा पाकिस्तानको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दा उहाँ दुईवर्ष कलकत्ताको प्रमुख प्रशिक्षक रहनुभयो ।
त्यसपछि उहाँ दक्षिण एशियाली राष्ट्रमा खास गरी भारतको विभिन्न घरेलु टोलीको प्रशिक्षक बन्दै क्रिकेटमा आफ्नो क्यारियरलाई स्मरणीय बनाउनुभएको छ ।
नेपालले सन् २०२२ को टी ट्वान्टी विश्वकप र सन् २०२३ को अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपको तयारी गरिरहेको बेला व्हाटमरको आगमनले खेलाडी तथा संघ पदाधिकारी उत्सहित देखिएका छन् । संघका महासचिब प्याकुरेलले नेपाली क्रिकेटको स्तर उकास्न तथा विश्वकपमा छनोट हुने लक्ष्य राखेर व्हाटमरलाई प्रशिक्षक नियुक्त गरिएको बताउनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?