logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोना सङ्क्रमित ९९ लाख ३२ हजार भन्दा बढी

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना सङ्क्रमित ९९ लाख ३२ हजार भन्दा बढी
तस्विर-फाइल


नयाँदिल्ली, पुस १ गते।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३८७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ५६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा ३ हजार ३२ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?