logo
२०८० चैत्र १६ शुक्रवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. सरकारले नेपालको परराष्ट्र नीति–२०७७ पहिलोपटक एकीकृत दस्तावेजका रूपमा कहिले सार्वजनिक गरेको हो ?
 वि. सं. २०७७ मङ्सिर २१
– यो नीति गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकद्वारा पारित गरिएको थियो ।
– एकीकृत परराष्ट्र नीतिका अनुसार छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने छ । द्विपक्षीय सम्बन्धका विषयमा विस्तृतमा भनिएको छ– स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम गर्ने, सहयोग र सहकार्यमार्फत नेपालको समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्ने, ऐतिहासिक सन्धि, सम्झौता, तथ्य र प्रमाणका आधारमा कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट सीमा समस्या समाधान गर्ने, सीमाको सुरक्षा र व्यवस्थापन गर्ने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल हुन दिइने छैन ।
– त्यसैगरी साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन, भूपरिवेष्ठित राष्ट्रका रूपमा मुलुकले पाउने पारवहन सुविधाको निर्बाध, सरल एवं सहज उपयोग सुनिश्चित गर्नेजस्ता विषयलाई परराष्ट्र नीतिमा महŒवका साथ समावेश गरिएको छ ।
– ‘सबैसँग मित्रता ः कसैसँग छैन शत्रुता’ भन्दै ठूला साना सबै मुलुक बराबर हौँ भन्ने कुरामा जोड दिइएको ।
– ‘आर्थिक कूटनीतिलाई महŒवपूर्ण आयाम’का रूपमा आत्मसाथ गरिएको ।
– नेपालले सानो र कमजोर मुलुक साथै पछाडि परेको मुलुकको मानसिकता त्याग्दै अघि बढ्नुपर्ने ।
– साना राष्ट्रको हित माथिको चुनौती कायमै रहेकाले असंलग्न नीति सान्दर्भिक रहेको र त्यसमा नेपालको प्रतिबद्धता यथावत् रहेको जनाइएको ।
– साथै सो नीतिमा द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहयोग, विधिमा आधारित विश्व व्यवस्था, क्षेत्रीय सहयोग, आर्थिक कूटनीति, प्राकृतिक तथा कानुनी व्यक्तिको हक संरक्षण, सार्वजनिक कूटनीति र ‘ट्र्याक टु’ कूटनीतिको उपयोगजस्ता विषय समावेश गरिएको ।
– शान्ति र अहिंसा, मुलुकको भूराजनीति, बहुजाति, बहुभाषी मुलुक नेपालको सामाजिक सहिष्णुताजस्ता विषयलाई ध्यान दिँदै तर्जुमा गरिएको परराष्ट्र नीति–२०७७ को एकीकृत दस्तावेजमा नीति, कार्यनीति र रणनीतिसमेत तय गरिएको ।

२. मिस नेपाल–२०२० को उपाधि विजयी युवती को हुन् ?
 नम्रता श्रेष्ठ
– २०७७ मङ्सिर २० मा सम्पन्न ग्रान्ड फिनालेमा उहाँले २६औँ संस्करणको मिस नेपालको उपाधि हात पार्नुभएको ।
– उहाँ मिस कन्फिडेन्स र मिस इन्टेलेक्चुअलको उपाधि पनि हात पार्न सफल । उहाँ मिस वल्र्ड २०२० का लागि छनोट हुनुभएको ।
– मिस नेपाल अर्थ –२०२० को उपाधी विजयी सुप्रिया श्रेष्ठ ।
– त्यस्तै मिस नेपाल इन्टरनेसनल २०२० को उपाधि महोत्तरीकी सन्ध्या शर्माले जित्नुभएको ।
– मिस सुप्रानेसनल २०२० को उपाधि काठमाडौँकै सिमल कनौजियाले जित्न सफल ।

३. हालै बेलायती सञ्चारमाध्यम बीबीसीद्वारा सार्वजनिक सय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल नपाली चेली को हुन् ?

 सपना रोका मगर
(बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपना विगत तीन वर्षदेखि बेवारिस शव व्यवस्थापनमा सक्रिय रहँदै आएकी ।)

४. दि बैङ्कर अफ दि इयर २०२० बाट सम्मानित नेपालको बैङ्किङ संस्था कुन हो ?
 एनएमबी बैङ्क
– उक्त सम्मान बैङ्कले विगत चार वर्षमा तेस्रोपटक प्राप्त गरेकोे ।
– लन्डनबाट प्रकाशित ‘दि बैङ्कर’ नामक पत्रिकाले सो अवार्ड प्रदान गरेको ।

५. संयुक्त राष्ट्र सङ्घीय कन्भेन्सन अन नार्कोटिक ड्रग्सको चौथो सम्मेलनले लागूऔषधको सूचीबाट हटाएको ऊर्जामयी बिरुवा कुन हो ?
 गाँजा
– यो निर्णयसँगै गाँजामाथि लागेको ५९ वर्ष लामो लागूऔषध नामको प्रतिबन्ध फुकुवा भएको ।
– विश्व स्वास्थ्य सङ्गठनको पहलमा भएको गाँजामा पाइने विविध रासायनिक पदार्थ सम्बन्धमा पुनरवलोकन हुनुपर्ने माग राखिएपश्चात् सम्मेलनमा सन् २०२० डिसेम्बर २ मा मतदान भएको थियो । मतदानमा आबद्ध ५३ सदस्य राष्ट्रमध्ये २७ सदस्यले लागूऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका थिए । यस क्रममा नेपालले पनि गाँजालाई लागूऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको थियो ।
– जडीबुटीजन्य बिरुवा गाँजाको औषधीय गुणको उपयोग गरेर यसको उपभोग गर्ने बाटो पनि सङ्घको यस निर्णयले खुला गरेको ।

६. पोखरा–लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका बनाउने निर्णय (नेपाल सरकार, मन्त्रिपरिषद्बाट) कहिले भएको हो ?
 वि. सं. २०७५ साउन २३

७. २०७६ सालको हरितारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो ?
 गीतकार सहदेव ढुङ्गाना
(त्यस्तै २०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको ।)

८. ‘एक नेपाली एक फलफूल बिरुवा’ अभियानको सुरुवात कहिले गरिएको हो ?
 वि. सं. २०७५ जेठ २१
– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपी अभियानको सुरुवात गरिएको ।
– सन् २०१८ जुन ५ का दिन विश्व वातावरण दिवसको अवसर पारी सो अभियान सुरुवात गरिएको ।

९. सरकारद्वारा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय कहिले भएको हो ?
 वि. सं. २०७५ जेठ ६
– यो मार्ग झापाको शान्तिनगरदेखि डडेल्धुराको रूपालसम्म रहेको ।
– यस राजमार्गको लम्बाइ करिब १२ सय किलोमिटर रहेको ।

०. नेपालकै अग्लो पुल कहाँ रहेको छ ?
 मनाङ (ताम्राङ पुल)
– मनाङस्थित नासोङ गाउँपालिका–२ (नाचे) र सोही गाउँपालिकाको वडा नं. ५ (थाचे) गाउँ जोड्ने सो पुल ड्रोना खोलाको पानीको सतहबाट ४१२ मिटर उचाइमा, १३५ मिटर लामो रहेको ।
– यो विश्वकै पाँचौँ अग्लो पुल हो ।
– विश्वकै सबैभन्दा अग्लो पुल चीनमा निर्मित डुङ्गे पुल (५६५ मि.) हो ।

११. सार्क राष्ट्रमा नेपाल क्षेत्रफलका आधारमा चौथो स्थानमा रहेको छ भने जनसङ्ख्याको आधारमा कति औँ स्थानमा रहेको छ ?
 पाँचौँ

१२. नेपालको संविधान (२०७२) अनुसार सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?
 प्रधानमन्त्री
(अध्यक्षसहित चार सदस्यीय अन्तरप्रदेश परिषद्का अन्य सदस्यमा नेपाल सरकारका गृहमन्त्री, अर्थमन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्री रहने व्यवस्था छ ।)

१३. पहिलो अन्तरप्रदेश परिषद् बैठक कहिले सम्पन्न भएको हो ?
 वि. सं. २०७५ मङ्सिर २३–२४
(अन्तरप्रदेश सम्बन्धी व्यवस्था संविधानको भाग २० को धारा २३४ मा गरिएको ।)

१४. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?
 राज्यशक्ति

१५. वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले प्रदूषण शुल्क शीर्षकमा कर लगाउन कहिलेदेखि थालेको हो ?
 आ.व. २०६५÷६६

१६. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ ?
 डिसेम्बर ५

१७. उफ्रिन नसक्ने एक मात्र स्तनधारी जीव कुन हो ?
 हात्ती
– यो दौडँदा पनि कम्तीमा एउटा खुट्टाले भुइँमा टेकिरहेको हुन्छ ।
– हात्ती सबैभन्दा लामो समय (२२ महिना) गर्भधारण गर्ने स्तनधारी जनावर हो ।
– अफ्रिकी हात्तीको बच्चा जन्मँदै ठूलो हुन्छ । भर्खरै जन्मिएको छावा एक सय २० किलोग्रामसम्मको हुन्छ ।
– छावा जन्मेको २० मिनेटभित्र उभिन सक्छ, एक घण्टाभित्र हिँड्न सक्छ र दुई दिनपछि समूहमा हिँड्न सक्छ ।
– हात्तीको मस्तिष्कमा हुने ‘टेम्पोरल लोब’ मानिसको भन्दा ठूलो र बाक्लो हुन्छ । यही कारणले हात्तीले लामो समयपछि बसाइँसराइ गर्दा पनि आफू हिँडेको बाटो, पानीको स्रोत कहिल्यै बिर्सिंदैन ।
– हात्तीको सुँडमा करिब आठ लिटरसम्म पानी अटाउँछ ।
– हात्ती विशाल जीव भए पनि करिब २५ माइल प्रतिघण्टाका दरले कुद्न सक्छ ।
– अफ्रिकी हात्तीको कान एसियाली हात्तीको भन्दा ठूलो हुन्छ ।
– हात्तीले मौरीलाई घृणा गर्छ र मौरीसँग डराउँछ पनि । त्यसैले विभिन्न ठाउँका किसानले आफ्नो बालीनाली हात्तीबाट बचाउनका लागि मौरीपालन गर्छन् ।
– मानिसले जस्तै हात्तीले पनि आफूले माया गरेको हात्तीको मृत्युमा शोक मनाउने गर्छ । कैयौँ वर्ष भइसक्दा पनि शोक परेको ठाउँमा गएर मौनधारणा गर्ने र रुने गर्छ ।

१८. प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?
 यस (क)

१९. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
 लम्बाइ, चौडाइ र उचाइ

२०. प्रिन्स अफ एक्सपरिमेन्ट भनी कसलाई भनिन्छ ?
 माइकल फाराडे

२१. हेटौँडा बुद्ध चोकदेखि ललितपुर सातदोबाटोसम्म जोड्ने कान्ति लोकपथको लम्बाइ कति छ ?
 ९० किमी
– यो लोकपथको निर्माण सुरुवात सन् २०१३ बाट भएको ।
– यस मार्गको मकवानपुरतर्फ ५१ किलोमिटर तथा ललितपुरतर्फ ३९ किलोमिटर हिस्सा रहेको ।

२२. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?
 परिभ्रमण
(पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्दछ ।)

२३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
 नवीकरणीय (रिनोएबल)

२४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
 अनवीकरणीय

२५. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?

 शिन शाओमेग
– शाओमेगले २४ घण्टासम्म समाचार पढ्नसक्ने साथै प्रोफेसनल न्युज एङ्करले जस्तै समाचार वाचन गर्ने ।
– शाओमेगलाई सन् २०१९ फेब्रुअरी २० मा सार्वजनिक गरिएको ।

२६. सङ्घीय संंसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को पहिलो बैठक कहिले बसेको हो ?
 वि. सं. २०७४ फागुन २०
– यस बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूद्वारा शपथ ग्रहण गरिएको ।
– प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरद्वारा शपथ गराइएको र राष्ट्रिय सभातर्फ तारादेवी भट्ट (ज्येष्ठ सदस्यको हैसियतले)द्वारा शपथ गराइएको ।
– ज्येष्ठ सदस्य महन्थ ठाकुरद्वारा २०७४ फागुन २० मा राष्ट्रपतिबाट शपथ लिइएको ।

२७. सङ्घीय संरचनाअनुरूपको निर्वाचनपश्चात् गठित प्रतिनिधि सभाको पहिलो बैठक कहिले सञ्चालन भएको हो ?
 वि. सं. २०७४ फागुन २१
– प्रथम बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको ।
– ज्येष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरद्वारा सभा सञ्चालनसम्बन्धी कार्य अघि बढाइएको ।

२८. मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ रहेको छ ?
 जेनेभा (स्विजरल्यान्ड)

२९. मनसुनी वायु कति प्रकारका हुन्छन् ?
 दुई (ग्रिष्मकालीन मनसुन र शीतकालीन मनसुन)

३०. आनुवंशिक स्रोतमाथि पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी अभिसन्धि ‘नायोगा अभिसन्धि’मा कहिले हस्ताक्षर भएको हो ?
 सन् २०१० अक्टोबर २९
– जापानको नायोगाामा भएको यो सन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
– जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको यो महासन्धि नेपालको राष्ट्रिय सभा र प्रतिनिधि सभाले अनुमोदन गरेको साथै यस अभिसन्धिमा प्रवेश गर्नेसम्बन्धी पत्र वि. सं. २०७५ पुस १४ (सन् २०१८ डिसेम्बर २८)मा संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेससमक्ष पेस गरिएको ।
– औपचारिक रूपमा पत्र पेस गरेको ९० दिनपश्चात् नेपाल उक्त महासन्धिको पक्ष राष्ट्र बन्न पुगेको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?