logo
२०८० चैत्र १६ शुक्रवार



महासङ्घको निर्वाचन आज अध्यक्षमा गोल्छा

अर्थ |


महासङ्घको निर्वाचन आज अध्यक्षमा गोल्छा



गोपाल सुवेदी

काठमाडौँ, मङ्सिर १३ गते । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ पदाधिकारी चयन गर्नेगरी आज निर्वाचन हुन लागेको छ ।
गत चैतमै नयाँ नेतृत्वले महासङ्घ सम्हाल्नुपर्ने भए पनि कोरोना महामारी र बन्दाबन्दीका कारण वार्षिक साधारण आयोजना हुन नसक्दा पुरानै कार्यसमितिले जिम्मेवारीमा रहेको थियो । महासङ्घको विधानअनुरूप अब महासङ्घको अध्यक्ष हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छा बन्नुहुने छ भने हालकी अध्यक्ष भवानी राणा पूर्वअध्यक्षको पदेन हैसियतमा रहनुहुने छ ।
आज हुन लागेको निर्वाचनको आकर्षण भनेको अर्को कार्यकालका लागि अध्यक्ष बन्ने वरिष्ठ उपाध्यक्षको चयन नै मुख्य छ । एसोसिएट, जिल्ला नगर र वस्तुगत क्षेत्रका उपाध्यक्षहरू को को बन्ने भन्ने पनि देखिएको छ । वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिनुभएको छ भने उहाँहरू दुवैले आफ्नो नेतृत्वमा आफ्नै समूह जिताउने गरी प्यानल घोषणा गरेरै निर्वाचनको प्रतिस्पर्धामा जानुभएको छ ।
ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला नगरमा गुणनिधि तिवारी र एसोसिएटमा रामचन्द्र सङ्घई प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रधान समूहबाट वस्तुगतमा अन्जन श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र जिल्ला नगरमा दिनेश श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।
महासङ्घको विधानअनुसार एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षसहित विभिन्न समूहबाट सदस्यहरू निर्वाचित हुँदै छन् । यसअनुसार जिल्ला नगरबाट १८ जना सदस्य निर्वाचित हुने छन् ।
यसका लागि ३८ जना व्यवसायीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै प्रदेश सदस्यका रूपमा सात प्रदेशबाट सात सदस्य पनि निर्वाचित हँुदै छन् । यसमा प्रदेश १ मा ढकाल समूहका उम्मेदवार राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसक्नुभएको छ । प्रदेश २, गण्डकी, कर्णालीबाट दुई÷दुई जनाको मनोनयन परेको छ भने बाँकीमा तीन÷तीन जनाले उम्मेदवारी दिएका छन् । संस्थापक सदस्य समूहको एक जना सदस्यका लागि दुई जनाको उम्मेदवारी छ ।
उता वस्तुगततर्पmको १४ सिटका लागि दुई प्यानलबाट गरी २८ जनाको उम्मेदवारी छ । त्यस्तै १९ जना एसोसिएट सदस्यका लागि दुवै समूहबाट गरी ३१ जना मात्र प्रतिस्पर्धा गर्दै छन् । दुई राष्ट्रिय उवासङ्घबाट सन्दिप अग्रवाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?