logo
२०८१ बैशाख १२ बुधवार



कात्तिक नाच पाटन दरबार क्षेत्र सिल गरेर प्रस्तुत गरिने

खुला |
समाज |


कात्तिक नाच पाटन दरबार क्षेत्र सिल गरेर प्रस्तुत गरिने


यलु जाेशी
काठमाडौं, मङ्सिर ९ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण यस वर्षको कात्तिक नाचमा बराह र नृसिंहको नाचलाई उच्च सुरक्षाका साथ मनाउने तयारी गरिएको छ ।
हरेक वर्ष कात्तिक शुक्ल पष्ठीको दिनदेखि पाटनको कृष्ण मन्दिरमा छेउको डवलीमा रातमा देखाइने कार्तिक नाच अन्तिम दुई दिन मंसिर ११ र १२ गते बराह र नृसिंहको नाचमात्र देखाउने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पाटन डबलीमा सम्बन्धित कलाकारलाई मात्रै प्रवेश दिनेगरी उच्च सुरक्षाका साथ नाच देखाउन लागिएको पनि उहाँले बताउनुभयो ।
लोकको चरित्र उदाङगो पार्न देखाइने कात्तिक नाच ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लको संसारलाई ब्युँझाउनका लागि देखाउन लगाएको बाथः प्रहसनको हो ।
३७९ वर्षदेखि अविछिन्न रुपमा चल्दै आएको कात्तिक नाच मल्लकालमा एक महिनासम्म मनाउने भए पनि पछिल्लो समयदेखि यो नाच कात्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म (१२ दिन) छोट्याएर देखाइँदै आइएको छ । त्यस अवधिमा कृष्णलिला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लिला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलिला लगायतका नाचहरू देखाउने गरिएको छ ।
तर यस वर्ष कोरोना भाइरसको जोखिमका कारण पाटन दरबार क्षेत्र नै सिल गरेर नाच प्रस्तुत गर्ने तयारी गरिएको चित्रकारले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?