logo
२०८० चैत्र १५ बिहीवार



धुलिखेलमा उपचारका क्रममा थप एकको मृत्यु

खुला |


धुलिखेलमा उपचारका क्रममा थप एकको मृत्यु


मधुसुधन तिमल्सिना
काभ्रे, मङसिर ७ गते । काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकाका ३९ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मङसिर ४ गते कोरोना पोजेटिभ देखिएको थियो ।
योसँगै काभ्रेमा कोरोना कै कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २४ पुरुष र १० महिला छन् । अन्य जिल्लाबाट उपचारका लागि आएका १४ जनाको काभ्रेमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले आइतबार तीन जना नयाँ सङक्रमित जिल्लामा थपिएको जानकारी दिनुभयो । यो सँगै जिल्लामा सङक्रमितको संख्या दुई हजार ३६२ पुगेको छ । ४०७ जना सक्रिय सङक्रमित  छन । जसमा ३९१ जना होम आइसोलेसनमा र बाँकी १७ जना अस्पतालमा उपचाररत  छन । आइतबार ४१ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा निको हुनेको संख्या एक हजार ९२१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?