logo
२०८० चैत्र १५ बिहीवार



स्याङ्जाको गल्याङ नगरपालिकाको वडा नम्बर एक सिल

खुला |


स्याङ्जाको गल्याङ नगरपालिकाको वडा नम्बर एक सिल



अर्जुन काफ्ले
स्याङ्जा, मङसिर ७ गते । कोरोना सङ्क्रमितको संख्या बढेसँगै स्याङ्जाको गल्याङ नगरपालिका १ सिल गरिएको छ । साविकको मालुङ्गा गाविस पर्ने ठाउँका एक व्यवसायीमा कोरोना संक्रमण देखिएपछि बजारसहित सबै कार्य बन्द गर्नुपरेको वडा नम्बर एकका अध्यक्ष तथा गल्याङ नगरपालिकाका प्रवक्ता गणेश बस्यालले जानकारी दिनुभयो ।
दैनिक उपभोग्य वस्तुको सेवा दिने व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
उपचारका क्रममा पाल्पामा रहेको समयमा कोरोना भाइरसको परीक्षण गएिकोमा नतिजा पोजिटिभ देखिएको वडाध्यक्ष बस्यालले बताउनुभयो ।
मालुङ्गा क्षेत्रमा मंसिर १२ गते शुक्रबार सम्मका लागि बजारसहित शैक्षिक संस्थासहितका सबै कार्यालय समेत बन्द गरिएको हो ।
पाल्पामा परीक्षणको क्रममा कोरोना देखिएको पुष्टि गर्दै गल्याङ नगरपालिका स्वास्थ्य शाखाले मालुङ्गा क्षेत्रमा कन्ट्रयाक टे«सिङको काम गर्ने जनाएको छ ।
यस्तै वालिङ् नगरपालिकाले शुक्रबारबाट एक हप्ताको लागि नगरपालिकामा दैनिक उपभोग्य बाहेकका सबै सेवा बन्द गर्दै स्वास्थ्य विपद घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?