logo
२०८१ बैशाख १३ बिहीवार



मोटरसाइकल दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु

खुला |


मोटरसाइकल दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु
सांकेतिक तस्बिर


धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ११ गते । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी मोरङ जिल्लाको उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भूवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो सो । सो सडक खण्डमा सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रु श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ साहले बताउनुभयो । सोही दुर्घटनामा घाइते मोटरसाइकल पछाडी सवार सप्तकोशी नगरपालिका ७ का २५ वर्षीय अनिलकुमार यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?